पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव फेला  | Khabarhub Khabarhub

पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव फेला 


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका-१ सिसौघारीस्थित आँधीखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । सोही ठाउँ बस्ने १९ वर्षीय संगम रेग्मी उक्त खोलामा पौडी खेल्ने क्रममा २६ असोज दिउँसो करिब साढे ४ बजेतिर बेपत्ता भएका थिए । 

घटनाबारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक उपेन्द्र बस्यालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले घटनास्थलभन्दा एक सय मिटर तल करिब १५ फिट गहिराईबाट उनको शव फेला पारेको हो ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ३ : ४२ बजे

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म

नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

काठमाडौं – लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

धाविका सुनमायाको नयाँ कीर्तिमानी

कर्णाली –हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया

एआईसीले नेपाल सरकारलाई पठायो पत्र

काठमाडौं – सामाजिक सञ्जाल नियमनका लागि सरकारले अघिल्लो महिना जारी