कांग्रेस माओवादी मिल्न जरुरी : नेता पुन « Khabarhub

कांग्रेस माओवादी मिल्न जरुरी : नेता पुन


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले लामो समयदेखि थाँती रहेको सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन कांग्रेस माओवादी मिलन आवश्यक रहेको बताएका छन् ।

शनिबार गठबन्धन दलले रोल्पा सदरमुकाम लिवाङमा आयोजना गरेको  पत्रकार सम्मेलनमा उनले शान्ति प्रक्रियाका मुख्य दुई साझेदार कांग्रेस माओवादीको सहकार्य बिना शान्ति प्रक्रियाको बाँकी काम पूरा नहुने बताए । 

गठबन्धन हुन्छ की हुँदैन भन्ने अन्योलका बीच देशका सबै निर्वाचन क्षेत्रमा गठबन्धन गर्न सफल भएको उनको भनाइ थियो । उनका अनुसार देशभर करिब दुई सय ठाउँमा बागी उम्मेदवारी रहेकामा अहिले सो सङ्ख्या १० मा झरेको छ ।

रोल्पा प्रदेशसभा–२ मा गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध परेको बागी उम्मेदवारीका उनले भने, ‘गठबन्धनको मर्म बुझेर उनी पछि हट्ने विषयमा सकारात्मक छन्।’ पत्रकार सम्मेलनमा बामलोकतान्त्रिक गठबन्धनको बैठकले गरेका निर्णय पनि सार्वजनिक गरिएको थियो । 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ५ : ४४ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु