सडक अवरुद्ध हुँदा जुम्ला विमानस्थलमा यात्रुको भीड « Khabarhub

सडक अवरुद्ध हुँदा जुम्ला विमानस्थलमा यात्रुको भीड


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला – लगातार अविरल वर्षाले बाढी, पहिरोबाट कर्णाली राजमार्ग सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएपछि जुम्ला विमानस्थलबाट देशका नेपालगञ्ज, सुर्खेत, काठमाडौँ, धनगढीलगायत सहर जाने यात्रुको जुम्ला विमानस्थलमा टिकटका लागि भिडभाड हुने गरेको छ ।

जहाजको उडान कम तर यात्रुको भीड बढी भएपछि सेवाग्राहीलाई सकस भएको छ । दसैंपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाजको उडान कम हुँदा कठिन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ ।

अघिपछि नियमित उडान हुने तर दसैँ अवधिभर निजी एयरलाइन्सले पूर्वमा बढी प्राथमिकता दिएपछि दसैँमा नागरिक घर फर्किनसमेत सकस भएको थियो । दसैँपछि पनि गन्तव्यमा पुग्न कठिन भएको छ ।

प्राधिकरण प्रमुख सन्तोष अधिकारीका अनुसार नेपाल एयरलाइन्सले यो १५ दिनमा जुम्लामा एकमात्र उडान भरेको छ । नेपाल एयरलाइन्सको तालिकाअनुसार हप्तामा दुई वटा जहाज आउनुपर्नेमा कार्यान्वयन हुन सकेको छैन । अझ नागरिक उड्डयनको वार्षिक उडान तालिकामा हप्तामा सात वटा उडान छ ।

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुजुका अनुसार नेपाल एयरलाइन्सको आइतबार जुम्लामा उडान अनिवार्य हुनेछ । उनले एक जहाज बिग्रेकाले एउटाले मात्रै देशभर सेवा दिनुपर्ने भएकाले समस्या भएको बताए। नागरिक उड्डयन जुम्लाका अनुसार अगष्ट महिनाको १५ दिनमा समिट एयरको सात, तारा एयरको चार र नेपाल एयरलाइन्सको एक मात्र उडान भएको छ ।

लोकसेवा परीक्षार्थी र बिरामीलाई प्राथमिकता

जहाजमा टिकट व्यवस्थापन प्रणाली राम्रो नभएको भन्दै केही दिनअघि विद्यार्थीले आन्दोलन गरेर स्थानीय प्रशासन घेराउ गरेपछि स्थानीय प्रशासनले निगरानी गरेको छ । स्थानीय प्रशासनका अनुसार यो तीन÷चार दिन लोकसेवा दिने, परीक्षा दिने विद्यार्थी, आकस्मिक बिरामी ५० भन्दा बढीलाई स्थानीय प्रशासनले प्रत्यक्ष निगरानीमा उडाएको छ ।

यसबेला लोकसेवाका विद्यार्थी ३८ जना, १३ जना खेलाडी, बिरामीसहितका अन्य विद्यार्थीलाई पठाइएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए । छ जना विद्यार्थीलाई त राहत बोकेर आएको हेलिकप्टरमा पठाइएको छ । परीक्षार्थी जान पाउनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेपछि स्थानीय प्रशासनको निगरानीमा लाइन लगाएर दुई सय छ जनाको नाम सूची तयार पारिएको थियो । आइतबारदेखि सो सूचीको ५० प्रतिशत कार्यान्वयन तथा ५० प्रतिशत अन्य गरी सेवा दिइने नागरिक उड्डयनले बताएको छ ।

प्रजिअ केशरीका अनुसार लोकसेवा, परीक्षा दिने विद्यार्थी र केही बिरामी उडाएपछि अबको जिम्मा एयरलाइन्स र नागरिक उड्डयन आफैँले लिनेछ । नेपाल एयरलाइन्सको नियमित उडान तालिका कार्यान्वयन हुन सकेको छैन । यस बेला दैनिक उडान गरिरहेको समिट एयर पनि शनिबार नआउँदा सकस भएको छ ।

विपत्मा राहत, उद्धार, सडक पन्छाउने विषयमा तनाव बढिरहेको बेला राजमार्ग वन्द भएपछि जहाज नआउँदा हैरान भएको छ । सर्वसाधारणले समेत टिकट नपाएको, व्यवस्थापन प्रणली कमजोर भएको र उडान कम भएको गुनासो बढेपछि शनिबार नेपाल पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीसहितको पत्रकारको टिमले सरोकारवाला निकायसँग भेटघाट गरेर अनुगमन तथा समन्वय गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ८ : ०१ बजे

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार