निर्वाचन जनताका लागि आएको हो : नेता सिटौला « Khabarhub

निर्वाचन जनताका लागि आएको हो : नेता सिटौला


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन नभई जनताका लागि आएको बताएका छन् । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा नेता सिटौलाले निर्वाचन जनताको अधिकार र असल जनसेवक छनोटका लागि आएको बताए । निर्वाचन जनतालाई अझ शक्तिशाली बनाउने अवसर भएको उनको भनाइ छ ।

‘यो केहीलाई मन्त्री वा सांसद बनाउन आएको निर्वाचन होइन’, झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनले भने, ‘मतदानको सदुपयोग गरेर जनताले अब जनताको सेवा गर्ने पार्टी–उम्मेदवार छनोट गर्नुपर्छ ।’

उनले लोकतन्त्रको लडाइँ जारी रहेको उल्लेख गर्दै सङ्घीय गणतन्त्र सुदृढ बनाउने अभियानमा आफू लागिपरेको बताए । ‘जनजीविकालाई सहज बनाउने अभियान चलाइरहेको छु’, उनले भने, ‘स्थानीय र केन्द्रीय आवश्यकताअनुसार मेरो भूमिका हुन्छ ।’

जनतालाई खुसी, समृद्धिलगायतका शब्दले नपुग्ने बताउँँदै उनले जनतालाई वास्तविक खुसी र समृद्धि दिनुपर्नेमा जोड दिए। गठबन्धन निर्वाचनका लागि मात्र नभएको चर्चा गर्दै नेता सिटौलाले राष्ट्रिय आवश्यकताका लागि, मुलुक निर्माणका लागि भएको उल्लेख गरे। गत स्थानीय तह निर्वाचन निष्पक्ष र धाँधलीरहित सम्पन्न भए जसरी नै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा निर्वाचन सरकारले सम्पन्न गर्ने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ८ : ४० बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी