उद्योग वाणिज्य संघ महोत्तरीमा भाँडभैलो | Khabarhub Khabarhub

उद्योग वाणिज्य संघ महोत्तरीमा भाँडभैलो


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – उद्योग वाणिज्य संघ बर्दिवासको नियमावलीलाई लिएर स्थानीय व्यापारीले आपत्ति जनाएका छन् ।आफू मातहतका केही पदाधिकारी बसेर नियमावली संशोधन गरेको व्यापारीको आरोप छ ।

संघको ६ वर्षदेखि साधारणसभा हुन नसक्दा पुरानो कार्यसमितिले नै कामलाई निरन्तरता दिइरहेको वेला नयाँ बन्ने कार्यसमितिसमेत पुरानो रहनेगरी नियमावली परिवर्तन गरेको व्यापारीको दाबी छ ।

उद्योग वाणिज्य संघको नियमावली अनुसार कार्यकारिणी समितिको अध्यक्ष पदमा उम्मेदवार हुन कम्तीमा एक कार्यकाल कार्यसमितिको कुनै पनि ६ जना प्रमुख पदाधिकारी सदस्यको कार्यसम्पादन गरेको अनुभव हुनुपर्ने उल्लेख छ ।

यो नियमावलीले नयाँ नेतृत्व गर्न चाहनेलाई अकुंश लगाएको छ । विशेषगरी यही नियमावलीलाई लिएर बर्दिवासका व्यापारी आन्दोलित भएका हुन् । पुरानो पदाधिकारीलाई नै निरन्तरता दिनेगरी बनाएको नियमावली मान्य नहुने बर्दिवासका युवा व्यवसायी विमल बुढाथोकीको आक्रोश छ ।

लोकतान्त्रिक पद्धतिमा उद्योग वाणिज्य संघलाई तानाशाही बनाएको आरोप लगाउँदै अर्का युवा व्यवसायी कमल बस्नेतले कार्यवाहक अध्यक्ष कृष्ण गौतमलाई अध्यक्ष बनाउन चलखेल भएको बताए ।

आज विनायक ब्याङ्क्युटमा बसेको बैठकमा सहभागीले उद्योग वाणिज्य संघलाई स्वायत्त नाममा केही व्यक्तिले नियन्त्रण लिन खोजेको समेत आरोप लगाए ।

बैठकमा पूर्व नगरप्रमुख विदुर कार्कीको समेत उपस्थिति रहेको थियो । विधान र नियमावलीअनुसार पदाधिकारीको कार्यकाल तीन वर्ष रहने भएता पनि ६ वर्षदेखी अवैध भएकोप्रति कार्कीले प्रश्न उठाएका छन् ।

६ वर्षदेखी उद्योग वाणिज्य संघको कार्यसमिति नै नरहेको बताउँदै यदि नियमावली परिवर्तन भएको भए पनि त्यो पूर्णरुपमा अवैध भएको सहभागीको ठहर छ ।

कार्यसमितिका सदस्य डाकराज पोखरेल नियमावलीान २०७३ को नभएको जिकिर गर्छन् । नियमावलीमा अध्यक्ष उम्मेदवारको लागी ५० हजार र सदस्यहरूका लागि १० हजार १ सय रुपैयाँ शुल्क लाग्ने पनि नियमावली उल्लेख छ ।

शुल्कको विषयलाई लिएर पनि व्यापारीहरूले चर्को आवाज उठाएका छन् । सामान्य व्यापार गर्नेले नेतृत्व गर्ने क्षमता भएता पनि बन्देज लगाएको भन्दै व्यापारीहरूले आक्रोश व्यक्त गरेका छन् ।

नियमावली परिवर्तन गरेका छैनौ : महासचिव

उद्योग वाणिज्य संघका महासचिव भवनाथ खतिवडाले नियमावली पुरानो नै भएको दाबी गरेका छन् ।

उद्योग वाणिज्य संघको नियमावली २०७३ यथावत् रहेको र त्यसमा कुनै फेरबदल नभएको जिकिर गर्दै महासचिव खतिवडाले व्यापारीले विरोधको लागी आरोप मात्र लगाएको बताए ।

ुहामीले कृष्ण गौतमलाई अध्यक्ष बनाउन नियमावली परिवर्तन गरेको जुन आरोप लगाइएको छ त्यो गलत हो,ु उनले भने, ुउक्त नियमावलीको विषयमा बर्दिबाँस निवासी अधिवक्ता विष्णु कार्कीलाई जानकारी छ ।ु

व्यापारीलाई नियमावली संशोधन गर्न साधारणसभा राखेर मार्गप्रस्त गर्दा पनि निरर्थक तर्क गरिरहेको खतिवडाको भनाइ छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ९ : २० बजे

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा