कृषिलाई आधुनिकीकरण गर्न पहल गर्ने प्रतिबद्धता « Khabarhub

कृषिलाई आधुनिकीकरण गर्न पहल गर्ने प्रतिबद्धता


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – पूर्वमन्त्री एवं जसपा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले कृषकको सहजताका लागि विचौलिया हटाउन आफूले पहल गर्ने बताएका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ को मनियारी र वडा नम्बर २३ को सबैठवा, प्रसौनी र इटीयाइमा घरदैलो कार्यक्रमका क्रममा मतदातासँग कुराकानीमा यादवले पर्साका कृषकको सहजताका निमित्त विचौलिया हटाउँदै कृषि उत्पादन सोझै उपभोक्ताको घरसम्म पुर्याउने योजना ल्याउन आफूले पहल गर्ने बताएका हुन्।

‘पर्साका कृषक अहिले विचौलियाका कारण हैरान हुनुहुन्छ। उहाँहरुको उत्पादनलाई विचौलियाहरुले कम दरमा खरिद गरेर बजारमा महँगो मूल्यमा बेच्ने गरेका छन्। जसले कृषक र उपभोक्ता दुवैलाई घाटा छ,’ जसपा राजनीति समितिका सदस्यसमेत रहेका यादवले भने, ‘तर अब त्यस्तो हुँदैन उहाँहरुको उत्पादन सोझै उपभोक्तासम्म पुर्याउने किसानको उत्पादन, उपभोक्ताको भान्सा कार्यक्रम चलाउने मेरो योजना छ।’

यादवले कृषिलाई आधुनिकीकरण गर्न र तालिम प्राप्त जनशक्ति बोलाएर जिल्लाका कृषकहरुको क्षमता अभिवृद्धि गर्ने योजना ल्याउन पनि आफूले पहल गर्ने बताए।

छिमेकी मुलुक भारत र चिनले कृषिमा आधुनिकरण गरेर आफ्ना नागरिकको जीवनस्तर उकास्ने काम गरिरहेको बेला नेपालका कृषक भने पारम्परिक माध्यमबाट नै काम गर्न बाध्य भएको औल्याउँदै यादवले भने, ‘कृषिलाई आधुनिकरण गरेर यहाँ हुने कृषि उपजमा पनि वृद्धि गर्ने म योजनाहरु ल्याउन सरकारसँग पहल गर्छु।’

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ६ : ३९ बजे

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको