एक वर्ष परिवारलाई समय दिँदै अभिनेता आमिर « Khabarhub

एक वर्ष परिवारलाई समय दिँदै अभिनेता आमिर


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता आमिर खानका फ्यान उनको नयाँ प्रोजेक्टका लागि उत्साहित छन् । फिल्म ‘लाल सिंह चड्डा’को असफलता पछि आमिर नयाँ फिल्म ‘च्याम्पियन’ को तयारीमा छन् । तर फ्यानले यो फिल्म हेर्न झण्डै एक वर्ष पर्खनुपर्नेछ । आमिर विगत ३५ वर्षदेखि बलिउडमा सक्रिय छन् । यही सक्रियताका कारण उनले परिवारलाई उत्कृष्ट समय दिन सकेका छैनन् । फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज पछि आमिर परिवारसँग समय बिताइरहेका छन् । आफ्नो प्रतीक्षित प्रोजेक्टको काम उनी आगामी वर्षको अन्त्यसम्म गर्नेछन् । यो एक वर्षको अवधिको समय उनले परिवारलाई दिनेछन् ।

अभिनेता होइन, निर्माता
आमिरका अनुसार उनी फिल्म ‘च्याम्पियन’मा अभिनेता नभई निर्माताका रुपमा आफ्नो भूमिका देखाउनेछन् । ‘यो फिल्म निर्माणको मामलामा मेरा लागि नयाँ हुनेछ । यसलाई लिएर उत्साहित छु’, उनले भनेका छन् ।

धमाकेदार स्कृप्ट 

आमिरले नयाँ फिल्म सुन्दर र धमाकेदार हुने बताए । ‘च्याम्पियन एक सुन्दर फिल्म हो र यसको स्क्रिप्ट निकै धमाकेदार छ । जसले दर्शकको मन छुन्छ’, उनले भनेका छन् । आमिर यो प्रोजेक्ट आमिर खान प्रोडक्सनसँगै सोनी पिक्चर्स र २०० नटआउट प्रोडक्सनको ब्यानरमा निर्माण गर्नेछन् ।

आमिरको फिल्म ‘लाल सिंह चढ्ढा’ गत अगष्टमा रिलिज भएको थियो । अद्वैत चन्दन निर्देशित फिल्म सन् १९९४ मा रिलिज हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक थियो । यो फिल्मको सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । जसको असर फिल्मको बक्सअफिस कलेक्सनमा देखियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : ४८ बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई