एमाले नेतृ करिश्माले राप्रपा उम्मेदवार रेखालाई मागिन् भोट « Khabarhub

एमाले नेतृ करिश्माले राप्रपा उम्मेदवार रेखालाई मागिन् भोट


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धरले राप्रपा उम्मेदवार रेखा थापालाई भोट मागेकी छन् । रेखा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् । सो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट डा. सुनिल शर्मा उम्मेदवार बनेका छन् । ढकाल सोही क्षेत्रका निवर्तमान सांसदसमेत हुन् ।

आफ्नै पार्टीको उम्मेदवार ढकाललाई नभई करिश्माले रेखा थापाका लागि सामाजिक सञ्जालमार्फत भोट मागेकी छन् । ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका संवाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरूले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्‍याउने हो । यो सङ्घर्षमा सामिल योद्धा । रेखा थापालाई भोट गर्न मोरङ डिस्ट्रिक्टलाई आग्रह गर्दछु,’ करिश्माले लेखेकी छन् । उनले कलाकार र महिलाको हिसाबमा रेखालाई भोट गर्न भनेकी छन् । 

स्थानीय तहको निर्वाचनअघि करिश्मा एमाले प्रवेश गरेकी हुन् । तर, एमालेले उनलाई न स्थानीय तहमा कुनै पद दियो न प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार नै बनायो । उनी एमालेको चुनाव प्रचारप्रसारमा त्यति सक्रिय भएकी छैनन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १ : २८ बजे

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

किएभमा रुसको भीषण हवाई हमला, दुई जनाको मृत्यु

युक्रेन– रुसले युक्रेनको राजधानी किएभ माथि पुनः ठूलो हवाई हमला

नोबेल शान्ति पुरस्कार घोषणामा ट्रम्पको प्रभावबारे बहस

ओस्लो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको नोबेल शान्ति पुरस्कारका

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन

ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं– ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको