राजेश हमाललाई उत्कृष्ट लाग्यो  ‘महापुरूष’ « Khabarhub

राजेश हमाललाई उत्कृष्ट लाग्यो  ‘महापुरूष’


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता राजेश हमालले हाल प्रदर्शनमा रहेको चलचित्र ‘महापुरुष’ ले नेपाली समाजको भावना र पुस्तान्तरणको कथा व्यक्त गरेको बताएका छन् । सोमबार साँझ दरबार सिनेप्लेक्समा फिल्म हेरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले फिल्म उत्कृष्ट बनेको बताए । 

‘फिल्म उत्कृष्ट बनेको छ । यसमा हरेक वर्ग र उमेर समूहको भावनालाई समेटिएको छ । हेर्दै गर्दा दर्शक सहजै जोडिन्छन’, उनले भने, ‘फिल्ममा देखिएका सम्बन्ध र नातालाई आफूलाई समेत नियाल्न प्रेरित गर्छ । म केही स्थानमा भावुकसमेत भएँ ।’

उनले एक्लोपनमा खोजिने साथलाई फिल्मले प्रस्ट्याएको बताए । ‘हामीले उमेर हेरेर गरिएको विवाह बारे सतही टिप्पणी गर्ने गर्छौं । तर एक्लोपनलाई साथ चाहिन्छ । किनकि भावनात्मक सम्बन्धको खाँचो सबैलाई हुन्छ’, उनले भने । फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले अभिनेता हमाललाई प्रतिक्रियाको लागि धन्यवाद दिए । ‘उहाँले फिल्म हेर्दै हुनुहुन्छ भन्नेमै उत्साहित थियौं । हामीले भन्न खोजेको कुरा दृश्यमार्फत उहाँसम्म पुगेको पाउँदा झनै उत्साहित छौं’, उनले भने । 

अभिनेता हमालले फिल्ममा अभिनय गरेका कलाकारसहित नयाँ अनुहारद्वय अरुण क्षेत्री र अञ्जना बराइलीको समेत खुलेर प्रशंसा गरे । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टलगायतले अभिनय रहेको छ । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजंग भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा फिल्ममा डेब्यु गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १ : ५३ बजे

जमातलाई नजरअन्दाज गरे नीति महाधिवेशनबाट नेतृत्व चयन हुन्छ : श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले पार्टी नेतृत्व

इरानमाथि आक्रमणका विकल्पबारे छलफलमा ट्रम्प, निर्णय लिन बाँकी

तेहरान– इरानमा पछिल्लो दुई हप्तादेखि सरकारविरोधी प्रदर्शन जारी छ। यसैबीच

सिपाही–सेलिब्रेटी बनेका प्रशान्तको बलिउड सपना अधुरै

काठमाडौं- प्रशान्त तामाङ (४ जनवरी १९८३ – ११ जनवरी २०२६) भारतमा जन्मिएका

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने