गठबन्धनका उम्मेदवारद्वारा उद्योगीसामु विकासको प्रतिबद्धता « Khabarhub

गठबन्धनका उम्मेदवारद्वारा उद्योगीसामु विकासको प्रतिबद्धता


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बुटवल– औद्योगिक विकासको लागि सत्ता गठबन्धनका उम्मेदवारहरूले साझा प्रतिवद्धता व्यक्त गरेका छन् । औद्योगिक विकास, त्यसका माध्यमबाट रोजगारी सिर्जना, रोजगारीको लागि पलायन भइरहेको जनशक्तिलाई आफ्नै स्थानमा काम गर्ने वातावरण बनाउने उनीहरूको प्रतिबद्धता छ । 

रुपन्देहीको क्षेत्र नं. २ मा सत्ता गठबन्धन निकटका उद्योगी व्यवसायीहरूसँग सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार केशवबहादुर थापा, प्रदेश (१) का उम्मेदवार दीर्घबहादुर (कुमार) केसी र प्रदेश (२) का उम्मेदवार वामदेव क्षेत्रीले यस क्षेत्रको आर्थिक विकासको लागि ठोस योजना र कार्यक्रम तर्जुमा गरी लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

त्यस्तै बुटवल रामनगरको औद्योगिक क्षेत्रको व्यवस्थापनमा सघाउ पुर्‍याउने, व्यवसायिका लागि सस्तो व्याजदरमा शुलभ तरिकाले कर्जा उपलब्ध हुने वातावरण मिलाउने उनीहरूको प्रतिबद्धता छ । औपचारिक तथा अनौपचारिक क्षेत्रका मजदुरहरुको हितको लागि सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने व्यवस्था, न्यूनतम पारिश्रमिकको व्यवस्था, रोजगारी सिर्जना र श्रमिकमैत्री वातावरण बनाउन ठोस कार्यक्रम ल्याउने उनीहरुको प्रतिबद्धता छ । 

त्यस्तैगरी न्यून आय भएका गरिब तथा विपन्न वर्गका महिलाका लागि उद्यमशीलता कार्यक्रम, युवाहरूलाई स्वरोजगारतर्फ आकर्षित गर्न विशेष कार्यक्रम र छुट्टै स्वरोजगार कोषको व्यवस्था मिलाउने उनीहरूले प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार केशवबहादुर थापाले यस क्षेत्रको औद्योगिक विकासको लागि गठबन्धन प्रतिबद्ध रहेको बताए । यस क्षेत्रमा औद्योगिक विकासको लागि मोतिपुर औद्योगिक क्षेत्रलाई व्यवस्थित गरेर पूर्णता दिने प्रतिबद्धता जनाए ।

 त्यस्तै बुटवल औद्योगिक क्षेत्र, बुटवल धागो कारखानालाई समेत व्यवस्थापन गर्ने उनको भनाइ छ । त्यस्तै निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ । औद्योगिक क्षेत्रको विकास तथा लगानीको वातावरण सिर्जना गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गर्ने उनको भनाइ छ ।

त्यस्तै रूपन्देही २ (१) प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले औद्योगिक विकास, कृषिमा व्यवसायिक विकास तथा पर्यटन उद्योगको विकास र प्रवर्द्धनमा विशेष ध्यान दिइने बताए । उनले औद्योगिक विकासका माध्यमबाट आयात प्रतिस्थापन गर्दै निर्यातलाई जोड दिइने र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विशेष प्राथमिकता दिइने बताए । यसले उच्च विन्दुमा भइरहेको आयात प्रतिस्थापन तथा नयाँ रोजगारीको पनि सिर्जना हुने र युवाशक्तिले रोजगारीको अवसर प्राप्त गर्ने उनको भनाई छ । 

त्यस्तै प्रदेश (२) का उम्मेदवार वामदेव क्षेत्रीले आफू प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गर्दा औद्योगिक विकासको लागि खाका बनाएको र सोही अनुसारका कामलाई प्राथमिकता दिएको बताए ।

त्यस अवसरमा उद्योगी व्यवसायीहरूले पटक पटक जितेका उम्मेदवारबाट औद्योगिक विकासको साटो वातावरण नै बिगार्ने काम भएकोले त्यसलाई सुधार गरेर मोतिपुर औद्योगिक क्षेत्रलाई परिस्कृत गरेर भएपनि निर्माण गर्नुपर्ने भनाइ राखेका थिए । त्यस्तै लगानीको वातावरण, लगनाी सुरक्षाको प्रत्याभूति, सरल र सहज कर्जाको व्यवस्था अपरिहार्य रहेको उनीहरूको भनाइ थियो । 

सत्ता गठबन्धन उद्योगी व्यवसायी तथा पेशाकर्मी परिचालन समितिका संयोजक खिमबहादुर हमालले यहाँका सबै उद्योगी व्यवसायीहरू सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा रहेको र निर्वाचन जितेर गइसकेपछि व्यवसायीका समस्या सम्बोधन गरी समाधान गर्न आग्रह गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : २० बजे

पोखराविरुद्ध विराटनगरका मार्टिन र लोकेशले बनाए अर्धशतक

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको जारी खेलमा विराटनगर किङ्सका

६ वटा एशोसिएसनले मागे नेपाल स्वास्थ्य व्यवसायी परिषदमा प्रतिनिधित्व 

काठमाडौं– विभिन्न ६ वटा एशोसिएसनहरुले नेपाल स्वास्थ्य व्यवसायी परिषदमा आफ्नो

पर्यटन प्रवर्द्धन गर्न ढोरपाटन र निसीखोलामा १८ घरबास सञ्चालन

ढोरपाटन– एक दशक अगाडिसम्म ढोरपाटन र निसीखोलामा एउटा पनि घरबास

अब पठाओ राइडर बन्नेहरूले जाँच पास गर्नुपर्ने 

काठमाडौं– राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले  राइडर छनोट र

श्रमिक पठाउन अवैध क्रियाकलाप गर्नेलाई कारबाही गर्न माग

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले बङ्लादेश, भारत, नेपाललगायत श्रमिक पठाउने मुलुकले आफ्ना