अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र पाकिस्तान भिड्ने « Khabarhub

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र पाकिस्तान भिड्ने


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भोलि नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ५ बजेदेखि सुरुआत हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो ।

पाकिस्तानविरुद्धको खेल खेल्नुअघि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको खेलमा जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रने बताए । उनले नेपाल र पाकिस्तान भिड्दा हालसम्म पाकिस्तानले सात खेल जितेको र नेपालले पाँच खेल जितेको बताए । मुख्य प्रशिक्षक कटुवालले छोटो समयको बाबजुद राम्रो टिम बनाएको बताउँदै राष्ट्रिय टोलीका केही खेलाडी विदेश पलायन भए पनि नेपालमा नै रहेका खेलाडीबाट बलियो टिम बनाएको बताए ।

नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिपअन्तर्गत ढाकामा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो । यसैगरी राष्ट्रिय टोलीका कप्तान रोहित चन्दले पाकिस्तान कठिन प्रतिद्वन्द्वी भए तापनि आफ्नो टोलीले जित निकाल्ने विश्वास व्यक्त गरे। पाकिस्तानका कप्तान हसन बसिरले नेपालसँगको खेलका लागि सकारात्मक रहेको भन्दै आफ्नो टोलीले राम्रो खेल प्रदर्शन गर्ने बताए। 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : ४८ बजे

काठमाडौंमा होली कन्सर्ट गर्न प्रतिबन्ध, अरु के के गर्न पाइँदैन ?

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षा देखाउँदै फागु

पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र

काठमाडौं– पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र बनेको छ। ख्वाजा

काठमाडौंकाे ट्राफिक व्यवस्थापनमा पनि खटिए म्यादी प्रहरी (तस्बिरहरू)

काठमाडौं- निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा सवारी चाप बढ्दै गएको

विष्णु पौडेल भन्छन् : केही मिडियाका प्रक्षेपण गलत नियतसहित आएका छन्, हामी जित्दैछौँ

रुपन्देही- नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले केही मिडिया र सामाजिक