डोटीका दुई मतदान केन्द्रको नेतृत्व महिलालाई « Khabarhub

डोटीका दुई मतदान केन्द्रको नेतृत्व महिलालाई


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डोटीमा एक सय ७७ वटा स्थायी र एउटा अस्थायी मतदान केन्द्र रहेकोमा दुईवटा मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ ।

डोटी सदरमुकामस्थित श्री पद्म पब्लिक मुक्तिनारायण मावि र डोटी बहुमुखि क्याम्पसमा रहेका मतदान केन्द्र महिलामैत्री बनाइएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले बताए ।

महिलामैत्री मतदान केन्द्रमा मतदान अधिकृतदेखि सबै कर्मचारी महिला रहेका छन् । त्यसैगरी सुरक्षाकर्मी समेत महिलानै खटिने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्लाभरी एक हजार चार सय १४ जना कर्मचारी परिचालित भएका छन् । जसमा मतदान अधिकृत एक सय ७८ जना, सहायक मतदान अधिकृत पनि एक सय ७८ जनानै रहेका छन् ।

त्यसैगरी, सहायक कर्मचारी आठ सय ८१ जना खटिएका छन् भने कार्यालय सहयोगी एक सय ७७ जना रहेका छन् । ४/४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत जगेडा राखिएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए ।

कुल निर्वाचनमा खटिएका कर्मचारीमा एक हजार ४ जना कर्मचारी र चार सय १० जना शिक्षक रहेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ७ : १० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी