नेकपा एमाले केपी ओली प्रालिमा परिणत भएको तरुण दल अध्यक्ष गुरुङको आरोप « Khabarhub

नेकपा एमाले केपी ओली प्रालिमा परिणत भएको तरुण दल अध्यक्ष गुरुङको आरोप


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले नेकपा एमाले केपी ओली प्रालिमा परिणत भैसकेको आरोप लगाएका छन् । आज पर्वतको जलजलामा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष गुरुङले नेतृत्वको गलत कार्यको आवाज उठाउँदै गर्दा आज भीम रावल, घनश्याम भुसाल जस्ता पार्टीका बलिया नेता बहिर्गमित हुनपुगेको बताए । ओलीले नेपालीको भावनालाई कुल्चिरहेको आरोप समेत लगाएका छन् ।

पटक पटक संसद विघटन गरेर ओलीले आफू महाराजा बन्ने सपना देखेर देशलाई दुर्घटनामा पार्न खोजेको आरोप लगाउँदै उनले यस पटक सत्ता गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।

पार्टीभित्र केही असन्तुष्टि रहेता पनि मुलुकको आवश्यकताका कारण बाम लोकतान्त्रिक गठबन्धन बनेको बताउँदै उनले संविधानको रक्षा र मुलुकको विकासका लागि जनतालाई गठबन्धनको पक्षमा उभिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ७ : ५२ बजे

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो