मोरङ–४ : सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा « Khabarhub

मोरङ–४ : सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नं ४ मा प्रत्यक्षतर्फ सत्ता वगठबन्धन र नेकपा ९एमाले०का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी र एमालेका विनोदप्रसाद ढकाल उम्मेदवार छन् । यस्तै सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि रिजाल, नेपाली कांग्रेस (विपी) का अशोक पौडेल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गुल्टेन ऋषिदेव चुनावी मैदानमा छन् ।

यस्तै मङ्गोल नेश्नल अर्गनाइजेसनका धनबहादुर लिम्बु, हाम्रो नेपाल पार्टीका नविनकुमार विश्वास खवास, राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद सिवाकोटी, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मण साहु र नेपाल मजदूर किसान पार्टीका श्यामबहादुर दर्जी पनि उम्मेदवार छन्।

यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा कुवेत मियाँ, देवनारायण विश्वास, पदम कार्की, महेश नेपाल, राजेन्द्रकुमार खवास र ज्ञानेन्द्र खत्री उम्मेदवार हुनुहुन्छ । क्षेत्र नं ४ मा मोदी र ढकालकै बढी चार्चा छ । ढकाललाई जनता समाजवादी पार्टी नेपालको साथ छ । ढकालको समर्थनमा जसपा नेपालले उम्मेदवार खडा गरेको छैन ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : २७ बजे

भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव र बिजनेस एक्स्पो’

काठमाडौं– नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज