भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव र बिजनेस एक्स्पो’ « Khabarhub

भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव र बिजनेस एक्स्पो’


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव तथा काठमाडौं बिजनेस एक्स्पो’ सुरु भएको छ।

स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ १७ गतेसम्म सञ्चालन हुनेछ।

महोत्सवको उद्‌घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गरिन्। उद्‌घाटन समारोहमा बोल्दै डंगोलले महिला र युवाको सशक्तिकरणका लागि आर्थिक रुपमा आत्मनिर्भर हुनु अपरिहार्य रहेको बताइन्। उनले आफूसँग भएका सीपलाई आयआर्जनसँग जोड्न मेला–महोत्सव महत्वपूर्ण माध्यम हुने उल्लेख गिरन्।

डंगोलले काठमाडौं महानगरपालिकाले ‘एक वडा एक नमूना उद्यमशीलता’ कार्यक्रम सञ्चालन गरिरहेको र गृहिणीहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आएको जानकारी पनि दिइन् ।

महोत्सवमा करिब दुई सयभन्दा बढी व्यावसायिक स्टलहरू राखिएका छन्। नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठका अनुसार घरेलु तथा साना उद्योग, स्टार्टअप तथा नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ र व्यवसायिक दृश्यता प्रदान गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो।

महोत्सवले स्थानीय उत्पादनको बजारीकरणसँगै उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १ : ३७ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार