मधेसी जनताको अधिकारका लागि सङ्घर्ष जारी छ : उपेन्द्र यादव | Khabarhub Khabarhub

मधेसी जनताको अधिकारका लागि सङ्घर्ष जारी छ : उपेन्द्र यादव


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको अधिकारका लागि पार्टीले सङ्घर्ष जारी राखेको बताएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमा सय वर्षदेखि शोषण, उत्पीडन र विभेदमा परेका मधेसी, मुस्लिम, आदिवासी, जनजाति, महिला, दलित र सीमान्तकृत वर्गका लागि अहिले पनि सङ्र्घष जारी नै रहेको बताए।

मुलुकमा सङ्घीय गणतन्त्र स्थापना गर्न जसपा पार्टीको अहम् भूमिका रहेको भन्दै उनले मधेसी जनतमाथि भइरहेको विभेद अन्त्य गर्न अझै जसपाले सङ्घर्ष गरिरहेको बताए।

सप्तरी क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार तथा जसपा अध्यक्ष यादवले वर्तमान खर्चिलो चुनावी प्रणालीलाई सच्याउनुपर्नेमा समेत जोड दिए । उनले भने, ‘अहिलेको निर्वाचन प्रणाली अति नै खर्चिलो छ, पैसा नहुने तर निर्वाचनका लागि योग्य उम्मेदवारले पनि भाग लिन पाउने अवसरका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता छ ।’

‘सबै जातजाति, वर्ग र तहको अधिकारका लागि संविधान संशोधन गर्न आवश्यक छ’, उनले भने । अध्यक्ष यादवले सप्तरीको विकासका लागि शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधारको विकास आवश्यक रहेको उल्लेख गरे । देशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्ग निर्माण कार्य सम्पन्न भए मधेसी जनतालाई लाभ हुने उनको भनाइ थियो ।

चुनावी सभामा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले समृद्ध मधेसको विकास गर्न प्रदेशसभा सदस्यमा पुनः उम्मेदवारी दिएको बताए । मधेस प्रदेशसहित अधिकार प्राप्तिको सरकार हुनुपर्ने बताउँदै उनले विकास र अधिकारका लागि जसपाका उम्मेदवारलाई जिताउन मतदातासमक्ष आग्रह गरे ।

पार्टी प्रवक्ता मनिष सुमनले मधेसी जनताको पहिचान जोगाउनका लागि प्रतिनिधिसभाका उम्मेदवार एवं पार्टी अध्यक्ष यादवलाई जिताउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : ४८ बजे

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी– कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

धनगढी – कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभा भित्रियो

काठमाडौं– महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग