जनतासामु गरेको प्रतिबद्धता पूरा गर्छु : मन्त्री कार्की « Khabarhub

जनतासामु गरेको प्रतिबद्धता पूरा गर्छु : मन्त्री कार्की


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

इनरुवा – लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उमेदवार एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतासामु गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिकामा मङ्गलबार लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा उनले आफू निष्ठा र इमान्दारीको राजनीति गर्ने व्यक्ति भएकाले अरु जस्तो झुट्टा अश्वासन बाँडनुभन्दा आफूले गर्न सक्ने काम मात्र जनतासामु राख्ने गरेको र त्यो पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

केही व्यक्तिले झुट्टा अश्वासन बाँड्दै हिँडेको भन्दै उनले सही र अश्वासन पूरा गर्ने उम्मेदवारलाई मतदान गर्न मतदातासमक्ष आग्रह गरे । सुनसरीको दिगो विकास, समृद्धि, शिक्षा, कृषि, भौतिक निर्माण, सडकलगायतको क्षेत्रमा सुधारका लागि लोकतान्त्रिक–वाम गठबन्धनका उमेदवारलाई विजयी गराउन मन्त्री कार्कीले आग्रह गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : २७ बजे

भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव र बिजनेस एक्स्पो’

काठमाडौं– नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज