‘निमोनियाले फोक्सो नै कोल्याप्स हुन सक्छ’ « Khabarhub

‘निमोनियाले फोक्सो नै कोल्याप्स हुन सक्छ’

न्यानो राख्दा बच्चामा निमोनिया हुँदैन



निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकालाई हुन्छ । त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो । बालबालिकाको मृत्यु गराउने प्रमुख रोगमध्ये निमोनिया मुख्य रोग हो । निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको संक्रमण हो, जसमा फोक्सोका कोषहरू संक्रमित भएर स्वासप्रशवासमा समस्या हुन्छ । यसै विषयमा आधारित भएर खबरहबका लागि विना न्यौपानेले डा. राजु सेढाईंसँग गरेको कुराकानीको सम्पादित अंश:

यो मौसमका बालबालिकामा निमोनियाको समस्या किन बढिरहेको छ ?
यो चिसो मौसममा बालबालिकामा रुघाखोकी धेरै लाग्छ । अहिले कोभिडले गर्दा पनि रुघाखोकी लाग्ने गरेको छ । कतिपयलाई सामान्य रुघाखोकी लागेर आफै निको हुने गरेको छ । निमोनिया पनि धेरै प्रकारको हुन्छ । हाम्रो समाजमा ज्वरो आयो भने निमोनिया हुन्छ भन्ने मान्यता छ ।

घरमा नै बसेर निमोनिया नै भएको भनेर कसरी थाहा पाउने ?
यो उमेर अनुसार बच्चाहरूमा फरक फरक रोगहरू लाग्छ । प्राय जस्तो जन्मेको १ मलिनासम्म बच्चाले दूध चुस्न नसके, आलस्य हुने, सुतेको सुतेइ हुने हुन्छ। त्यो निमोनिया हो। अर्को भनेको ५ वर्षसम्मको बच्चामा रुघाखोकी लागेर बच्चा खेली रहेको छ भने त्यो सामान्य हो । बच्चा खाना नै नखाने नखेल्ने १०० भन्दा धेरै ज्वरो आयो भने कडा निमोनिया हो भनेर बुझ्नु पर्दछ । त्यो भन्दा माथिको बच्चा हो भने भन्न सक्छ र ज्वरो धेरै भयो स्वास्वा भयो भने निमोनिया भएको बुझ्नु पर्दछ ?

निमोनियाको खोप कति समयमा लगाउने ?
अहिले मानिस खोप खोप भनेर धेरै पछि लागेका छन् । शरीरको रोगसँग लड्ने यन्टिबढी दिने खोप छ । नेपाल सरकारले अहिले धेरै खोपहरू नि:शुल्क दिएको छ । हेपाटाइटिस, लहरेखोकी, भ्यागुतेरोग लागेमा धेरै समयको अन्तरमा धेरै खोपहरू ल्याएको छ । भ्याक्सिनले धेरै रोगबाट मुक्त गरेको छ जुनजुन अहिले नेपाल सरकारले जुन समयमा दिएको छ, त्यो लगाउनु पर्दछ ।

नेपाल सरकारले दिएको भ्याक्सिन लगाएपछि त्यो पछि गएर निमोनिया हुनसक्ने सम्भावना कति हुन्छ ?
भ्याक्सिन एक पटक लगाएर सधैँ निको हुन्छ भन्ने हुँदैन । जुन रोगविरुद्धमा भ्याक्सिन दिइन्छ त्यो रोगलाई मात्र त्यो भ्याक्सिनले काम गर्ने हो । त्यसैले एउटा खोप लगाउँदैमा अरू रोग निको हुर्दैन । जस्तो बिसिजी भ्याक्सिन लगाइयो भने त्यसले क्षयरोगबाट मात्र बचाउँछ । त्यसैले एउटै ब्याक्टेरिया गर्दा निमोनियाँ हुँदैन हजारौँ ब्याक्टेरिया छन् । भ्याक्सिन लगाएकोले नगरे पनि अरूले गर्न सक्छन् ।

सानैमा ध्यान दिन भने पछि कस्तो जोखिम निम्तिन सक्छ ?
निमोनिया भनेको लामो समयसम्म लाग्ने रोग हैन । रोगसँग लड्ने क्षमता नभएकोमा बारम्बार हुन सक्छ । समयमा उपचार गरायो भने पछि निमोनिया हुँदैन ।

निमोनिया भएपछि फोक्सोमा असर गर्दछ भन्छन् ?
निमोनिया भनेको नै फोक्सोमा हुने हो । त्यसको लागि हामीले खाने औषधि दिन्छौँ र इन्जेक्सन दिन्छौँ । केही गरी फोक्सोमा पानी जम्यो भने वा पिप नै जम्यो भने पछि असर हुनसक्छ । त्यसलाई उपचार गर्ने पद्धतिहरू छन् । कतिपय अवस्थामा फोक्सो नै कोल्याप्स हुनसक्छ । सुरुमा नै राम्रो उपचार भयो भने पछि असर गर्दैन।

यो मौसममा बालबालिकालाई जोगाउन के के कुरामा ध्यान दिने ?
बच्चलाई जन्मेको ६ महिनासम्म आमाको दूध खुवाउने, समयमा सरकारले दिएको भ्याक्सिनहरू लगाउने, कुपोषण हुनबाट जोगाउने, गर्नुृ पर्दछ ।

यो चिसोमा तातो राख्न हिटरको प्रयोग गर्दा कस्तो हुन्छ ?
हावाको आवत जावत गर्ने ठाउँमा हिटर बाल्ने, धुवामा बच्चालाई नराखे, सरसफाइमा ध्यान दिने, आमाले प्रशस्त खाने, बच्चालाई न्यानो राख्दा बच्चामा निमोनिया हुँदैन ।

(प्रस्तुतिः पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ७ : २६ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण