राष्ट्रपतिलाई आज चुनावी नतिजाको प्रतिवेदन बुझाउँदै निर्वाचन आयोग « Khabarhub

राष्ट्रपतिलाई आज चुनावी नतिजाको प्रतिवेदन बुझाउँदै निर्वाचन आयोग


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले आमनिर्वाचनको नतिजाको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ। प्रतिनिधि सभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेश सभाको हकमा प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने प्रावधान छ।

सोही अनुसार बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने आयोगले जनाएको छ। प्रदेश सभाको प्रतिवेदन भने २ पुसमा मात्र प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम छ।

संघमा दुई सय ७५ र प्रदेशमा पाँच सय ५० जना गरी आठ सय २५ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। आयोगले प्रतिवेदन बुझाएसँगै संघ र प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया आह्वान हुनेछ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ६ : ५९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको