राष्ट्रपति भण्डारी आज विराटनगर जाँदै, विराट एक्स्पो उद्घाटन गर्ने « Khabarhub

राष्ट्रपति भण्डारी आज विराटनगर जाँदै, विराट एक्स्पो उद्घाटन गर्ने


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज मोरङको विराटनगर जाने भएकी छन्।

मोरङ उद्योग संगठनको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उद्घाटन गर्न उनी त्यसतर्फ जान लागेकी हुन्। कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ।

राष्ट्रपतिको सवारीलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एकीकृत सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्था गरिएको छ।

राष्ट्रपति भण्डारीले बुधबार मात्र भोजपुरको रामप्रसाद राई गाउँपालिका-५  मा पर्ने आफू जन्मिएको गाउँ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहु प्राविधिक’ शिक्षालय उद्घाटन गरेकी थिइन्।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ८ : ०७ बजे

मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक, खाद्य वस्तुको मूल्यमा उतारचढाव

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत पुस महिनाको

सन्दीप अनुपस्थित खेलमा सात विकेटको जित निकालेको नेपालको दोस्रो खेल शनिबार

काठमाडौं – आईसीसी टी-२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

हिमपातपछि कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ– मंगलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट निकासी

आज शहीद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं – विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय