अमला र चरिअमिलो खाएर हुर्किएको बाल्यकाल | Khabarhub Khabarhub

अमला र चरिअमिलो खाएर हुर्किएको बाल्यकाल



काठमाडौँ – चरिअमिलो बूढापाकाहरूले अरू घाँसपातसँगै मिसाएर गाईलाई खुवाउँछन्। यसले गर्दा दूध उत्पादन बढ्छ। युरोपतिर चरिअमिलोलाई सलादमा हालेर खाएको पनि देखिएको छ। सानो छँदा खुब भाँडाकुटी खेलिन्थ्यो। ठूला मानिसको देखासिकी गर्दै भोज पनि गथ्र्यौं। भाँडाकुटी खेल्दा गरिने भोजमा एउटा व्यञ्जन चरिअमिलोको पात हुन्थ्यो।

त्यो पात कहिले दाल, भात, तरकारी त कहिले अचार भन्दै खाने गथ्र्यौं। त्यो बालापनले जे सिकायो, त्यही गरियो। तर त्यसको महत्व थाहा थिएन। अमिलो रस हुने चरिअमिलो एउटा औषधीय गुणयुक्त वनस्पति पो रहेछ। यसको वैज्ञानिक नाम भने ‘अक्जालिस कोनिक्युलेटा’ हो। चरिअमिलो ठूलो र सानो गरी दुई खालको हुन्छ। यसमा क्यारोटिन, क्याल्सियम, अक्जेलिक अम्ल र भिटामिन ‘सी’ जस्ता पोषणतत्त्व पाइन्छन्।

चरिअमिलोमा रहेको भिटामिन ‘सी’ ले शरीरमा रोगसँग लड्ने शक्ति दिन्छ। आधुनिक भिटामिन ‘सी’ शरीरले आफैं उत्पादन गर्न सक्दैन। तर हरेक दिन रोगसँग लड्न आवश्यक पर्ने नयाँ कोषहरू बनाउन भने यही आवश्यक पर्छ।

सानो छँदा अमला खाएर पानी पिउँदा गुलियो हुन्छ भनेर खुब अमला खाइन्थ्यो। ५० वर्षअघि २५ पैसामा पोल्टाभरि अमला आउँथ्यो। सुकेको अमलाको तितौरा साथीहरूसँग बाँडेर खाँदाको स्वाद नै बेग्लै हुन्थ्यो।

पिरो र नुनमा मोलेको अमला खाँदा जुन स्वाद आउँथ्यो, त्यो जिब्रोमा अझै बसेको छ। मलाई याद छ, हजुरआमाले छिमेकका गर्भवती महिलालाई अमलाको तितौरा बनाएर दिनुहुन्थ्यो। बच्चा राम्रो हुन्छ भन्दै दिइने त्यो अमलाले गर्भवतीको शरीरको रोगसँग लड्ने शक्ति बढाउने हुनाले सायद हजुरआमाले त्यो उपहार दिनुभएको होला।

मलाई खुब मनपर्ने हुनाले नाङलोमा सुकाएको तितौरा हजुरआमाको आँखा छलेर आफ्नो घाँगरको गोजीमा हाल्थेँ। हजुरआमा भने कौसीमा सुकाएको तितौरा चराले खायो भनेर फतफताउनु हुन्थ्यो। म चाहिँ मेरो चोरी पत्ता लागेन भनेर खुसी हुँदै, गोजीको अमलाको तितौराको रस लिन्थेँ।

आयुर्वेदले अमलालाई अमृतफल भनेर सम्बोधन गरेको छ। यसलाई काष्ठौषधि (बोटबिरुवाबाट बनाइने औषधि) र रसौषधि (धातु-खनिजबाट बनाइने औषधि) पनि भनिन्छ। सुश्रुतसंहिताले अमलालाई शरीरमा भएको विभिन्न खालका दोषलाई मलका रूपमा बाहिर निकाल्न सहयोग गर्ने औषधीय गुण भएको फल भनेर चिनाएको छ।

अमलामा प्रचुर मात्रामा भिटामिन सी, एमिनो एसिड, मिनरल र न्युट्रियन्स पाइन्छ। यसमा क्याल्सियम, फस्फोरस आइरन, क्यारोटिन, थियामिन आदि पनि पाइन्छ। कब्जियत रोक्नका लागि प्रयोग गरिने त्रिफलामा अमला रहेको हुन्छ।

तर त्रिफलाको विज्ञापन राम्रा-राम्रा हिरो-हिरोइनले गर्दैनन्। त्यसैले त्रिफलाको महत्व कसैले बुझ्दैनन्। कब्जियत हटाउन महँगो औषधिहरूको प्रयोग गरेर खुसी हुने हाम्रो चलन छ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  १२ : ५३ बजे

अदालतमा आगो लगाएपछि चौतारातिर खुल्यो ‘जनअदालत’

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

किस्ट अस्पतालमा तोडफोड, मृतकका आफन्त र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं– बिरामीको मृत्युलाई लिएर किस्ट अस्पतालमा तनाव भएको छ ।

‘जारी २’ को ट्रेलर : दोहोरियो दयाहाङ-मिरुनाको झगडा, यसपाली छोरी छोडेर माइती

काठमाडौं – कात्तिक २१ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘जारी

थप १ सय ४४ जनामा डेंगु सङ्क्रमण, सङ्क्रमित ६ हजार नाघे

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ४४ जनामा डेंगुको

दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका हेलिकोप्टर र लडाकु विमान दुर्घटना

काठमाडौं- दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका लडाकु विमान र हेलिकोप्टर