उषा शेरचनलाई भूपि काव्य पुरस्कार « Khabarhub

उषा शेरचनलाई भूपि काव्य पुरस्कार


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ। कवि भूपि शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित र थकाली सेवा समिति पोखराद्वारा सञ्चालित यो पुरस्कारको राशि नगद ५० हजार, दोसल्ला र सम्मानपत्र छ।

पुरस्कार छनोट समितिको सोमबार बसेको बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समिति संयोजक अशोककुमार भट्टचनले जानकारी दिए। १० पुसमा ८९औँ भूपि जयन्तीको अवसरमा पोखरामा हुने कार्यक्रममा उषालाई उक्त पुरस्कार प्रदान गरिनेछ।

पुरस्कार छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, थकाली सेवा समिति अध्यक्ष इन्जिनियर रुजिन्द्र तुलाचन र कार्यसमिति सदस्य ज्योति शेरचन थिए। हरेक दुई वर्षमा दिइँदै आएको यो पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा र तीर्थ श्रेष्ठ पुरस्कृत भइसकेका छन्।

१० पुस १९९२ मा मुस्ताङमा जन्मिएका भूपिका ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासंग्रह (२०२५), परिर्वतन नाटक (२०१०), नयाँ झ्याउरे कविता (२०१०) र निर्झर कविता (२०१५) प्रकाशित छन्। उषाका नजन्मेका आस्थाहरु कविता संग्रह (२०४८), अक्षरहरुका शिविरबाट मुक्तक संग्रह (२०५६), सर्वकालीन पीडा र जागृतिका शंखघोष कविता संग्रह २०६३, तेस्रो रंग कथा संग्रह (२०७०), आँधी उपन्यास (२०७६) लगायत दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

उनी यसअघि व्यथित काव्य पुरस्कार २०४३, व्यथित काव्य वनिता पुरस्कार (२०६९), योगेश्वर कला सहित्य पुरस्कार (२०७०), नातिकाजी संगीत पुरस्कार (२०७२), बासु शशि स्मृति वानीरा पुरस्कार (२०७८), पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७) बाट पुरस्कृत भइसकेकी छन्। उनले रत्नश्री सुवर्ण पदक २०४०, कविता महोत्सव पदक (२०४५), वीरेन्द्र ऐश्वर्य सेवा पदक (२०५८), विश्वनारी नेपाली साहित्य पदक (२०७१), भानुभक्त स्वर्ण पदक (२०७१) र सत्यमोहन जोशी शताब्दी पदक (२०७३) पाइसकेकी छन्।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  १ : १५ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,