बेलायतको सहयोगमा मुगु-हुम्ला जोड्ने सडक निर्माण सम्पन्न  « Khabarhub

बेलायतको सहयोगमा मुगु-हुम्ला जोड्ने सडक निर्माण सम्पन्न 


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कर्णाली– बेलायत सरकारको सहयोगमा मुगु गमगढीदेखि हुम्लाको चङ्खेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । मुगुको गमगढीदेखि हुम्ला चङ्खेली गाउँपालिका देउलीसम्मको उक्त सडक एक अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा निर्माण भएको हो । सडक निर्माण   सन् २०१८ अक्टोबरदेखि काम सुरु भएको थियो । निर्माण सकिएपछि बेलायत सरकारले बुधबार कर्णाली प्रदेश सरकारलाई  हस्तान्तरण गरेको छ । 

हस्तान्तरण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकासको पहिलो आधार सडक भएको बताए। आफूले सात वर्षको उमेरदेखि पैदलयात्रा गरेको स्मरण गर्दै भने, ‘हुम्लादेखि यही बाटोबाट महिना दिन पैदल हिँडेर नेपालगञ्ज पुग्थ्यौँ । मान्छे हिँड्न कठिन बाटो आज सडकमा परिणत भएको छ जहाँ अहिले गाडी गुडाएका छौँं ।’

नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले गमगढी–देउली सडक निर्माणले दुवै जिल्लामा यातायातका लागि सहज भएको बताए । ‘बेलायत सरकारको ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत चार दशमलव पाँच मिटर चौडा मोटरेवल लिङ्क सडक निर्माणले पैदल हिँड्ने बाटोलाई विस्थापित गरेको छ’, राजदूत पोलिटले भने, ‘नेपालमा बेलाइतले सरकारको सहयोगमा निर्माण भएको यो सबैभन्दा लामो ग्रामीण सडक हो ।’

कुल ६७ किलोमिटरमध्ये मुगुमा ३३ किलोमिटर र हुम्लामा ३४ किलोमिटर पर्छ । यो सडकले चङ्खेली हिमालको तीन हजार तीन सय मिटरको अग्लोडाँडा पार गर्दा सडकअन्तर्गत चारवटा पुल निर्माण गरिएका छन् । बेलाइतको हरित, लचिलो समावेशी विकास उद्देश्य पूरा गर्ने दीर्घकालीन रणनीतिक द्विपक्षीय सहयोगको उदाहरणस्वरूप यो सडक निर्माण भएको राजदूत पोलिटले जनाए ।

उनका अनुसार परियोजना सफलताले स्थानीय नागरिक, सरकारका विभिन्न निकाय एक ठाउँमा हुँदा ठूलो परिवर्तन सम्भव छ भन्ने देखाएको छ । सडक सञ्चालन आएसँगै खाद्यान्नमा करिब ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधालगायतमा उल्लेख्य परिवर्तन आएको उनको दाबी छ । 

सडक निर्माणको अवधिमा चार हजार चार सयभन्दा बढी स्थानीय श्रमिकलाई रोजगारी दिइएको भने श्रमशक्तिको ३५ प्रतिशतभन्दा बढी महिला सहभागी गराइएको थियो । परियोजनाले महिला र पुरुषलाई समान ज्याला उपलब्ध गराएको थियो । बेलाइत सरकारका अनुसार सडक निर्माणका क्रममा श्रमिकले  आठ लाख बराबरको आम्दानी गरेका थिए ।

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ३ : ४४ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने