कैलालीमा धान खरिद सुरु, किसान खुसी | Khabarhub Khabarhub

कैलालीमा धान खरिद सुरु, किसान खुसी


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

टीकापुर– सरकारले धान खरिद गर्न सुरु गरेपछि कैलालीका किसान खुसी भएका छन् । सरकारले यही मङ्सिर २७ देखि कैलालीको टीकापुर, सत्ती र धनगढीको मोनहपुरमा धान खरिद सुरु गरेको हो । ‘यस वर्ष सरकारले समर्थन मूल्य तोक्न र खरिद दुवै काम गर्न ढिलो गर्‍यौ’, टीकापुर नगरपालिका–७ सत्तिका किसान केवल डंगौरा चौधरीले भने, ‘ढिलै भए पनि सरकारले धान खरिद सुरु गरेकाले हामी खुसी छौँ ।’ उनले अब तोकिएकै मूल्यमा धान बिक्री पाइने बताए। 

केवल डगौरा चौधरी जस्तै डाडाँबोझीका वीरमोहन थारुले पनि सरकारले धान खरिद गर्न थालेपछि खुसी व्यक्त गरे। ‘सरकारले काँटा लगाएर धान गरिद गर्न लागेकोमा खुसी लागेको छ तर यो काँटा लगाउन अलि ढिला भयो,’ उनले भने, ‘ढिलाइ भएका कारण अधिकांश किसानले न्यून मूल्यमा धान बिक्री गरिसकेका थिए ।’

सरकारले सत्ती क्षेत्रबाट पहिलो पटक साढे ५२ सय क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । यहाँ किसानले धान ३० क्विन्टलसम्म सिधै बेच्न पाउने र त्यसभन्दा बढी बिक्रीका लागि सिफारिस ल्याएर बेच्नुपर्ने प्रावधान रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कैलालीका जितबहादुर बोहरा बताउँछन्। 

‘हामीले धान खरिद सुरु गर्‍यौँ, पालैपालो किसानको धान खरिद सुरु गरिएको छ’, उनले भने, ‘तीस क्विन्टलसम्म सिधैँ खरिद हुन्छ, त्यसभन्दा बढी भए वडाको सिफारिस ल्याउनुपर्छ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कैलालीले जिल्लाबाट ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । सोहीअनुसार कैलालीको टीकापुर, सत्ती र धनगढीको मोहनपुरबाट धान खरिद सुरु भएको हो । कैलालीको जोशीपुर र भजनीमा केही दिनभित्र धान खरिद प्रक्रिया सुरु गर्ने कम्पनीले जनाएको छ । यहाँ सरकारले अहिले मोटा धानप्रति क्विन्टल रु दुई हजार नौ सय ६७ खरिद गरिरहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ५ : ३३ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई