'मौलिकतालाई जोगाउन महानगरले ध्यान दिनुपर्छ' | Khabarhub Khabarhub

‘मौलिकतालाई जोगाउन महानगरले ध्यान दिनुपर्छ’


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहरी विकासमन्त्री मेटमणि चौधरीले विकासको काम गर्दा आधुनिकतालाई ध्यानमा राखी मौलिकतालाई जोगाउनु काठमाडौँ महानगरपालिकाको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताएका छन् । कामपाको २८औँ स्थापना दिवस मनाउने क्रममा आज मन्त्री चौधरीले काठमाडौँ मौलिकता र ऐतिहासिक धर्म-संस्कृतिले धनी रहेकाले त्यसको संरक्षण गर्नु महानगरको पहिलो कर्तव्य रहनेमा जोड दिए ।

उपत्यकामा लामो समयदेखि चुनौती बनेको फोहर र ढल व्यवस्थापन समस्याको दीर्घ समाधान गर्नुपर्ने भन्दै मन्त्री चौधरीले त्यसका लागि मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कामपाका प्रमुख बालेन्द्र साहले सङ्घ सरकार र अन्य स्थानीय तहको सहकार्यमा नागरिकले चाहना गरेअनुसारको काठमाडौँ बनाउनेमा आफ्नो निरन्तर प्रयास रहने धारणा राखे ।  

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाको समग्र विकासका लागि काठमाडौँ र ललितपुर महानगर एकापसमा सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताए । काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य सोविता गौतमले नागरिकको सफा र सुन्दर काठमाडौँमा बस्ने सपना साकार पार्नका लागि सङ्घ र स्थानीय तहको सहकार्य आवश्यक रहेको औँल्याइन्।

कामपाले आफ्नो २८औँ वार्षिकोत्सव समारोह सप्ताहव्यापी कार्यक्रम गरी मनाएको हो । सोअन्तर्गत एकैदिन ८९ वटा सामुदायिक विद्यालयको सरसफाइ, नदी, विश्व सम्पदा क्षेत्र, खुला स्थानको सरसफाइ, चित्रकला-निबन्ध र वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम गरिएको थियो ।

विसं २०५२ मङ्सिर २९ गते तत्कालीन काठमाडौँ नगरलाई  महानगर घोषण गरेपछि हरेक वर्ष मङ्सिर २९ लाई महानगर दिवसका रूपमा मनाउने गरिएको हो ।  विसं  १९७६ पुस २ गते स्थापना गरिएको  सफाइ अड्डाको  संस्थागत संरचना विकास हुँदै २०५२ सङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको हो ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ६ : ३३ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित