सडक विस्तारसँगै हराए यात्रु प्रतीक्षालय  | Khabarhub Khabarhub

सडक विस्तारसँगै हराए यात्रु प्रतीक्षालय 


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कावासोती– पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक विस्तारको कामसँगै सडक छेउमा रहेका यात्रु प्रतीक्षालय र सुस्ताउने चौतारी मासिएका छन् ।

नारायणघाट बुटवल सडक विस्तार गर्ने क्रममा बाटोको क्षेत्रभित्र पर्ने प्रायः चौतारा र यात्रु प्रतीक्षालय मासिएपछि सवारीसाधन कुर्न बस्ने यात्रुलाई असहज भएको छ । गाउँ समाजमा भएका समस्या र विवाद मिलानका लागि भेला हुने थलोका रूपमा समेत चौतारी नहुँदा पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् ।

केही वर्षअघिसम्म थकाइ मार्ने र चौतारीमा बसेर गफगाफ गर्ने मानिस ठाउँ-ठाउँका चौतारीमा प्रशस्त देखिन्थे । तर, अहिले  वर-पिपल, स्वामीका बोटसहितका चौतारा देखिन छाडेका देवचुली-१५ का बलराम पोख्रेलले बताए ।

‘कुनै बेला धार्मिक आस्थाका कारण समेत रोपेर हुर्काएका वर पिपल चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सजिलो मात्र थिएन, गाउँ समाजमा भएका समस्या र विवाद मिलाउन भेला हुने थलोका रूपमा चौतारीको प्रयोग गरिन्थ्यो, तर बाटो विस्तारसँगै सबै मासिएर गए’, पोख्रेलले दुःखेसो गरे।

पोख्रेलमात्रै होइन, विगत तीन वर्ष अगाडिसम्म फुर्सदको समयमा आफ्ना उमेरका साथीसँग कावासोती-११ को लोकाहामा रहेको यात्रु प्रतिक्षालयमा भलाकुसारी गरेर दिन कटाउँदै आएका डबलबहादुर कुँवरको पनि त्यस्तै चिन्ता छ । चौतारी मासिदा अबका पुस्ताले चौतारी नै नदेख्ने हुन् कि भन्ने पिरले सताएको उनको भनाइ छ । 

पूर्व-पश्चिम राजमार्गको गैँडाकोटबाट दाउन्नेसम्म ६४.५ किलोमिटर, दाउन्नेबाट बुटवल चौराहासम्मको ४८.५ सहित एक सय १३ किलोमिटर सडकको क्षेत्रभित्र परेका चौतारी र यात्रु प्रतीक्षालय हटाइएको हो । सडक विस्तारका कारण चौतारी धमाधम मासिदै गएको प्रति चिन्ता व्यक्त गर्दै कावासोती–११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले चौतारी र प्रतीक्षालयलाई पायक पर्ने स्थानमा पुननिर्माण गर्नुपर्ने बताए । 

विकासको नाममा हुने यस प्रकारको विनाशको तत्काल विकल्प खोजिनुपर्ने र चौतारीलाई पुनः अन्य सार्वजनिक महत्वका स्थानमा स्थानान्तरणसँगै संरक्षण गर्नुपर्ने अधिकारीले बताए । हाम्रा पुर्खाले बाटो हिँड्दा थकान मेटाउने र गाउँबेँसी गर्दा भारी बिसाउनका लागि पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वासले चौतारी बनाउने गरिन्थ्यो । हाल त्यस्तो कार्यप्रति चासो कम भएको छ । चौतारी लोप हुन लागेकाले संरक्षणका लागि राज्यले नै विशेष कार्यक्रम सुरु गर्नुपर्ने वडाध्यक्ष अधिकारीले बताए ।

बढ्दो मानव बस्ती र फैलिँदो सडकको चपेटामा परेका छन् यस्ता चौतारीहरू। ग्रामीण क्षेत्रको मौलिकता बचाउने काममा लाग्नुपर्ने स्थानीय तहको प्राथमिकतामा यस्ता विषय भने पर्न सकेका छैनन् । विकास भनेको विनाश होइन । आवश्यकताअनुसार मौलिकता जोगाउँदै गरिने विकासले मात्रै सही प्रतिफल दिन्छ । ग्रामीण जीवनका चिनारीको संरक्षण गरेर मात्रै विकासको गति बढाउनुपर्ने स्थानीयको भनाइ छ । 

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ६ : ५२ बजे

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ

थाहा नगरपालिका क्षेत्रमा प्लाष्टिकका फूलमा प्रतिबन्ध

बागमती– स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबीच समझदारी

काठमाडौं– नेपालको सुदूरपश्‍चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच

सुनको मूल्यमा नयाँ ‘रेकर्ड’, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से 

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे