सडक विस्तारसँगै हराए यात्रु प्रतीक्षालय  « Khabarhub

सडक विस्तारसँगै हराए यात्रु प्रतीक्षालय 


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कावासोती– पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक विस्तारको कामसँगै सडक छेउमा रहेका यात्रु प्रतीक्षालय र सुस्ताउने चौतारी मासिएका छन् ।

नारायणघाट बुटवल सडक विस्तार गर्ने क्रममा बाटोको क्षेत्रभित्र पर्ने प्रायः चौतारा र यात्रु प्रतीक्षालय मासिएपछि सवारीसाधन कुर्न बस्ने यात्रुलाई असहज भएको छ । गाउँ समाजमा भएका समस्या र विवाद मिलानका लागि भेला हुने थलोका रूपमा समेत चौतारी नहुँदा पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् ।

केही वर्षअघिसम्म थकाइ मार्ने र चौतारीमा बसेर गफगाफ गर्ने मानिस ठाउँ-ठाउँका चौतारीमा प्रशस्त देखिन्थे । तर, अहिले  वर-पिपल, स्वामीका बोटसहितका चौतारा देखिन छाडेका देवचुली-१५ का बलराम पोख्रेलले बताए ।

‘कुनै बेला धार्मिक आस्थाका कारण समेत रोपेर हुर्काएका वर पिपल चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सजिलो मात्र थिएन, गाउँ समाजमा भएका समस्या र विवाद मिलाउन भेला हुने थलोका रूपमा चौतारीको प्रयोग गरिन्थ्यो, तर बाटो विस्तारसँगै सबै मासिएर गए’, पोख्रेलले दुःखेसो गरे।

पोख्रेलमात्रै होइन, विगत तीन वर्ष अगाडिसम्म फुर्सदको समयमा आफ्ना उमेरका साथीसँग कावासोती-११ को लोकाहामा रहेको यात्रु प्रतिक्षालयमा भलाकुसारी गरेर दिन कटाउँदै आएका डबलबहादुर कुँवरको पनि त्यस्तै चिन्ता छ । चौतारी मासिदा अबका पुस्ताले चौतारी नै नदेख्ने हुन् कि भन्ने पिरले सताएको उनको भनाइ छ । 

पूर्व-पश्चिम राजमार्गको गैँडाकोटबाट दाउन्नेसम्म ६४.५ किलोमिटर, दाउन्नेबाट बुटवल चौराहासम्मको ४८.५ सहित एक सय १३ किलोमिटर सडकको क्षेत्रभित्र परेका चौतारी र यात्रु प्रतीक्षालय हटाइएको हो । सडक विस्तारका कारण चौतारी धमाधम मासिदै गएको प्रति चिन्ता व्यक्त गर्दै कावासोती–११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले चौतारी र प्रतीक्षालयलाई पायक पर्ने स्थानमा पुननिर्माण गर्नुपर्ने बताए । 

विकासको नाममा हुने यस प्रकारको विनाशको तत्काल विकल्प खोजिनुपर्ने र चौतारीलाई पुनः अन्य सार्वजनिक महत्वका स्थानमा स्थानान्तरणसँगै संरक्षण गर्नुपर्ने अधिकारीले बताए । हाम्रा पुर्खाले बाटो हिँड्दा थकान मेटाउने र गाउँबेँसी गर्दा भारी बिसाउनका लागि पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वासले चौतारी बनाउने गरिन्थ्यो । हाल त्यस्तो कार्यप्रति चासो कम भएको छ । चौतारी लोप हुन लागेकाले संरक्षणका लागि राज्यले नै विशेष कार्यक्रम सुरु गर्नुपर्ने वडाध्यक्ष अधिकारीले बताए ।

बढ्दो मानव बस्ती र फैलिँदो सडकको चपेटामा परेका छन् यस्ता चौतारीहरू। ग्रामीण क्षेत्रको मौलिकता बचाउने काममा लाग्नुपर्ने स्थानीय तहको प्राथमिकतामा यस्ता विषय भने पर्न सकेका छैनन् । विकास भनेको विनाश होइन । आवश्यकताअनुसार मौलिकता जोगाउँदै गरिने विकासले मात्रै सही प्रतिफल दिन्छ । ग्रामीण जीवनका चिनारीको संरक्षण गरेर मात्रै विकासको गति बढाउनुपर्ने स्थानीयको भनाइ छ । 

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ६ : ५२ बजे

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट, सङ्घीयता कार्यान्वयनका चुनौतीबारे छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट