कोरोनाको ‌ओमिक्रोन भेरियन्ट : अबका दुई महिना चुनौतीपूर्ण | Khabarhub Khabarhub

कोरोनाको ‌ओमिक्रोन भेरियन्ट : अबका दुई महिना चुनौतीपूर्ण



काठमाडौँ– अहिले कोरोनाको ओमिक्रोन भेरियन्टको सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ । यसरी तीव्र रूपमा फैलिएसँगै यो कहिलेसम्म रहन्छ भन्ने चिन्ता पनि थपिएको छ ।

गत साता युरोप र अमेरिकाको सवालमा दुई डरलाग्दा प्रक्षेपण गरिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले युरोपमा अबको ६ देखि ८ सातामा ५० प्रतिशत  सङ्क्रमित हुने चेतावनी दिएको थियो भने अमेरिकामा सम्पूर्ण व्यक्ति सङ्क्रमित हुने जोखिम बढेसँगै कोरोना नियन्त्रणभन्दा स्वास्थ्य संयन्त्रमा सुधार गर्न पहल गर्नुपर्नेमा सरुवा रोग विशेषज्ञहरूले जोड दिएका थिए ।

भारतमा पनि सङ्क्रमण दर तीव्र भए पछि यसका बारे अनेकन् अनुमान हुन थालेका छन् । धेरै विज्ञहरूले मार्चपछि कोरोना संक्रमणको ग्राफ ओरालो लाग्ने अनुमान गरेका छन् ।

भारतमा सार्स टु इभ्यालुएसनको प्राविधिक सल्लाहकार समितिमा रहेर काम गरिरहेका अनुराग अग्रवालले डेल्टा भन्दा बढी सङ्क्रामक भएकाले यो डेल्टाभन्दा चाँडो नै ओरालो लाग्न सुरु हुने बताएका छन् ।

अहिले कम इम्युन भएका मानिसहरूलाई यसले नराम्रोसँग झस्काइरहेको छ । गत मे र अप्रिलमा जस्तो भयावह अवस्था देखिने सम्भावना कम मानिएको छ । परन्तु, यसले अबको दुई महिना भारतीयलाई दु:ख दिने कुरामा त्यहाँका स्वास्थ्य अधिकारीहरू सहमत भइसकेका छन् ।

भारतमा सबैको जिन स्क्यानिङ गरिएको छैन । गरिएकामध्ये दुई दिनअघिसम्म ५ हजार ५ सय ८० जनामा ओमिक्रोन भेरियन्ट देखिएको थियो । भारतकै सरुवा रोग विशेषज्ञ गिरिधारी बाबु अहिले नै सबै कुराको अनुमान  गर्न हतार हुने बताउँछन् ।

उनले जनवरी ८ देखि ११ को बीचमा सङ्क्रमण घट्दो क्रममा देखिएको मुम्बई मा १२ तारिख देखि फेरि बढेपछि सबै अनुमान गर्न अहिले हतार हुने प्रतिक्रिया दिएका हुन् ।

उनले मुम्बईमा नियमहरू कडाइका साथ लागु भएपछि यसको असर हेर्न अझै केही  साता कुर्नैपर्ने प्रतिक्रिया दिएका छन् । पछिल्ला केही दिनयता मुम्बईमा सुरक्षा मापदण्ड कडा पारिएका छन् । धेरैजसो घरमा नै बस्ने गरेका छन् । यो कडाइ हटाएर खुकुलो हुने बित्तिकै सङ्क्रमण फेरि बढ्ने सम्भावना पनि उनले देखेका छन् ।

अग्रवालको विचारमा ठूला शहरमा फैलिएर यो अहिले ग्रामीण भूभागमा फैलने क्रममा छ ।

शुक्रवार भारतमा २ लाख ६८ हजार जना सङ्क्रमित थपिएका थिए । त्यसै दिन संसारमा कुल ३२ लाख ३३ हजार जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको थियो ।

यसका बावजूद भारतको हकमा भ्याक्सिन बजारमा केही सकारात्मक समाचार देखिएको छ । भारत बायोटेकले निर्माण गरेको कोभ्याक्सिनले बच्चाहरूका लागि अनुमति पाउने क्रम शुरु भएको छ ।

भारत बायोटकेले यो भ्याक्सिन वयस्क र बच्चाका लागि विश्वव्यापी भ्याक्सिन भएको प्रतिक्रिया दिएको छ । हैदरावादमा रहेको यो कम्पनीले डेल्टा र ओमिक्रोन दुवै भेरियन्टका लागि यो भ्याक्सिन उपयोग भएको दाबी गरेको छ ।

यो कम्पनीले पछिल्लो समय अर्को बुस्टर डोजकाबारे अध्ययन गरेको हो ।

पहिलो दुई डोज लगाइएकामा ६ महिना‍पछि बुस्टर डोज लगाएपछि यसले ओमिक्रोनबाट पूर्ण रूपमा सुरक्षा दिएको थियो । यसअघि अल्फा, बेटा, जेटा र कप्पामा समेत कोभ्याक्सिन उपयोगी साबित भइसकेको थियो ।

भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीजीसीआई) ले भने अब एक या दुई दिन सबै डाटा रिभ्यु गरेर मात्र सबै निर्णय भन्ने सकिने जनाएको छ ।

भारत बायोटेकले उसको उत्पादन कोभ्याक्सिन तथा सेरम इन्टिच्युटले बनाएको कोभिसिल्डका लागि पूर्ण अनुमतिका लागि निवेदन दिएका थिए । यसको अध्ययन हुन केही दिन लाग्ने डीजीसीआईले जनाए पनि शुरुवाती डाटाका अनुसार निर्बाध रूपमै यी दुवै भारतमा प्रयोगमा आउने अनुमान गरिएको छ ।

अहिले आपतकालीन  अनुमति पाएका यी दुई भ्याक्सिनले बिहीवार बजारमा पूर्ण रूपले जानका लागि अनुमति मागेका थिए ।

एकै दिनमा नसकिने भएका कारण यसको रिभ्यु जारी रहने जनाइएको छ । विज्ञहरूको बैठक अबको केही दिनमा नै बस्ने जनाइएको छ । भ्याक्सिनका लागि बजार अनुमतिको मतलब विना कुनै अवरोध निर्बाध बजारमा यो उत्पादन बेच्न पाउने भन्ने हो । यी दुवै कम्पनीले एउटै खाले निवेदन दर्ता गरेपछि डीजीसीआईले केही दिनमा बैठक बसेर टुङ्गो लगाउने तयारी गरेको हो ।

भारतमा ८८ प्रतिशतमा कोभिसिल्ड तथा १२ प्रतिसतमा कोभ्याक्सिनको खोप लगाइएको छ । जनवरी ३ देखि १५ देखि १८ वर्षका बच्चाका लागि कोभ्याक्सिन दिन शुरु गरिएको छ ।

सङ्क्रमण बढदै जाँदा भारतमा देखिएको असमान्जस्यताले धेरैलाई पिरोलेको छ । पछिल्लो समय पुष्टि भइसकेको मोल्नुपिराभीर संसारका धेरै देशमा उपयोग गर्ने सुचीमा रहे पनि भारतको प्रयोग अनुमति पाएको औषधीको सूचीमा यो समावेश छैन । यसका बाबजुद महाराष्ट्रका केही अस्पतालमा यसको प्रयोग गरिएको पाइएपछि धेरैलाई सन्देहमा पारेको छ ।

छानबिन गर्ने निकाय डीजीसीआईले अनुमति दिइसकेको औषधीलाई पनि आइसीएमआरले सूचीमा समावेश नगर्नु आश्चर्यजनक भएको महाराष्ट्रका चिकित्सकहरूले बताउँदै आएका छन् ।

भारतका सङ्क्रामक रोग विशेषज्ञ वसन्त नाभगेकरले ६५ वर्ष उमेर पुरा भएकालाई यो औषधी उपयोगी साबित भएको बताउँदै उपयोग गर्न आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । पिडी हिन्दुजा अस्पतालमा सरुवा रोग विशेषज्ञ लान्सेटो पिन्टो भ्याक्सिन नलगाएका र उमेर पाका भएकाहरूको जोखिम हटाउन उपयुक्त भएको बताउँछन् ।

उनले आइसीएमआरले यसलाई समावेश नगर्नुको कारण जथाभावी प्रयोगको सम्भावना देखेर हुन सक्ने बताएका छन् । पिन्टो यसका बाबजुद मोल्नुपिराभिर निश्चित व्यक्तिका लागि उपयोग हुन सक्ने बताउँछन् ।

अहिले भारत र नेपालमा समान खालका समस्या देखिएका छन् । ओमिक्रोन भेरियन्ट देखिएसँगै सङ्क्रमण तीव्र रूपमा बढिरहेको छ भने जाडोको मौसमी फ्लूको  पनि समस्या देखिएको छ ।

रुघा लाग्ने, टाउको दुख्ने र ज्वरो आउने समस्या सामान्य बन्न थालेका छन् ।

जे भए पनि यी दुवै विषयमा केही कुरा जरुरी र लाभदायक ठानिएका छन् । नुन पानीले दैनिक तीन/चारपटक कुल्ला गर्नु उपयुक्त मानिएको छ । यसै गरी,  तातो पानीले बाफ लिने र तातो पानी मात्र पिउनु पनि उपयुक्त मानिएको छ । दैनिक ५ मिनेट श्वास प्रश्वास सम्बन्धी अभ्यास गरे यी दुवै समस्यामा धेरै हदसम्म सहयोग पुगेको विभिन्न अनुसन्धानले देखाएका छन् ।

भारतमा भइरहेको यो अध्ययन नेपालका लागि समेत अनुकूल हुने विज्ञहरू बताउँछन् । किनकि, सचेतनाबाहेक अबको दुई महिना पूर्ण सावधानीको अरु कुनै विकल्प नेपालीका लागि पनि छैन ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ८ : १५ बजे

झ्याप्ले खोलामा पुरिएका साधनबाट थप १० शव फेला

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेंसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोस्थलबाट आज

बैंकमा सुकिलो नोटका चाङ (तस्बिरहरू)

काठमाडौं – यो वर्षको दशैँका लागि नेपाल राष्ट्र बैंकले आजदेखि

काठमाडौं भित्रिनेसहित देशभरका ५८ राजमार्ग ठप्प

काठमाडौं– अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको

एनसेलको विवरण अद्यावधिक गर्दै उद्योग विभाग

काठमाडौं – एनसेल आजियाटा प्रालि (एनसेल)को शेयर लगत अद्यावधिक गर्ने