धेरै रिसाउँदा हुने हानी थाहा पाउनुहोस् « Khabarhub

धेरै रिसाउँदा हुने हानी थाहा पाउनुहोस्


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महात्मा गान्धीले भनेका छन्, रिस एक क्षणको पागलपन हो । हो पनि रिसले कसैलाई लाभ गर्दैन । रिस मानिसको सबैभन्दा ठुलो शत्रु हो । यसैले कैयौँ सम्बन्धहरू टुटेका छन् । त्यसैले रिसलाई सही समयमै नियन्त्रणमा लिन आवश्यक हुन्छ ।

रिसले केवल परिवार, साथीभाइ र आफन्तमा मात्र नभई समाज र स्वयम् व्यक्तिलाई पनि असर गर्दछ । यस अलावा व्यक्तिको स्वास्थ्यमा पनि ठुलो प्रभाव पार्दछ । रिसाउँदा शरीरमा पर्ने असरहरू निम्न छन् ।

– रिसाउँदा मस्तिष्कमा बन्ने रासायनिक तत्त्वले शरीर तथा मस्तिष्कमा असर पार्दछ ।

– रिसाउँदा आँखा रातो हुन्छ, अनि मुटुमा पनि जलन पैदा हुन्छ ।

– रिसले मानिसको ब्लडप्रेशर उच्च पार्छ

– रिसाउँदा मानिसमा आक्रामक भावना उत्पन्न हुन्छ, जो नियन्त्रण नभए घातक हुनसक्छ ।

– यसले सोच–विचारको शक्ति कमजोर हुन्छ ।

– रिसले मानिसमा तनाव बढाउँछ ।

– लगातार रिसाउँदा पाचन प्रणालीमा पनि नराम्रो असर पार्दछ ।

–रिसाउँदा पाचनतन्त्र कमजोर हुन्छ साथै एसिडिटी, कब्जियत, भोक नलाग्ने समस्या हुन्छ ।

– रिसले मानिसमा अनिन्द्राको समस्या निम्त्याउँछ ।

– सबैभन्दा महत्त्वपूर्ण, रिसाउने मानिसको आयु कम हुन्छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  १० : ४१ बजे

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक, बालेन्द्रलाई दलको नेता बनाइँदै

काठमाडौं– नयाँ सांसदहरूको शपथपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजै

कार्की आयोगको प्रतिवेदनलाई प्रदीप ज्ञवालीले दिए, ‘कलाविहीन नाटक’को संज्ञा

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बहुचर्चित गौरीबहादुर कार्की नेतृत्वको

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस