लमजुङमा एकैदिन आठजनामा कोरोना संक्रमण « Khabarhub

लमजुङमा एकैदिन आठजनामा कोरोना संक्रमण


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा शनिबार एकैदिन आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि एन्टिजेन परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल लमजुङले जनाएको छ ।

जिल्ला अस्पतालमा एन्टिजेन गर्दा एकैदिन यतिका धेरै संख्यामा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार शनिबार चार पुरुष र चार महिनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुने अधिकाशंमा रुघाँखोकी, ज्वरो, जिउ दुख्ने, घाँटी दुख्ने समस्या लिएर अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । शनिबार संक्रमण पुष्टि हुने आठजनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ । जसमध्ये ६ जना होम आइसोलेशनमा रहेको र दुईजना अस्पतालको आइसोलेसनमा उपचाररत रहेको अस्पताल प्रमुख श्रेष्ठले बताए ।

पछिल्लो साता अस्पताल आउने अधिकाशं विरामीको एन्टिजेन गर्दा संक्रमण पुष्टि हुने गरेको छ । संक्रमण जोखिम बढेपछि अस्पतालले २५ बेडको आइसोलेनस तयारी अवस्थामा राखेको छ । मास्कबिना अस्पताल प्रवेशमा निषेध गरिएको छ ।

विरामीलाई भौतिक दूरी कायम गर्दै समय समयमा स्यानिटाइजर प्रयोग गर्न भनिएको छ । एक सय ५० अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको छ । कोरोना संक्रमण जोखिम बढेपछि अस्पतालले यसअघि सुरु गरेको हेलो डाक्टर सेवा र मनोविमर्श सेवा पुनः सुचारु गरेको छ ।

 

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ११ : १५ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित