लमजुङमा एकैदिन आठजनामा कोरोना संक्रमण « Khabarhub

लमजुङमा एकैदिन आठजनामा कोरोना संक्रमण


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा शनिबार एकैदिन आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि एन्टिजेन परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल लमजुङले जनाएको छ ।

जिल्ला अस्पतालमा एन्टिजेन गर्दा एकैदिन यतिका धेरै संख्यामा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार शनिबार चार पुरुष र चार महिनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुने अधिकाशंमा रुघाँखोकी, ज्वरो, जिउ दुख्ने, घाँटी दुख्ने समस्या लिएर अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । शनिबार संक्रमण पुष्टि हुने आठजनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ । जसमध्ये ६ जना होम आइसोलेशनमा रहेको र दुईजना अस्पतालको आइसोलेसनमा उपचाररत रहेको अस्पताल प्रमुख श्रेष्ठले बताए ।

पछिल्लो साता अस्पताल आउने अधिकाशं विरामीको एन्टिजेन गर्दा संक्रमण पुष्टि हुने गरेको छ । संक्रमण जोखिम बढेपछि अस्पतालले २५ बेडको आइसोलेनस तयारी अवस्थामा राखेको छ । मास्कबिना अस्पताल प्रवेशमा निषेध गरिएको छ ।

विरामीलाई भौतिक दूरी कायम गर्दै समय समयमा स्यानिटाइजर प्रयोग गर्न भनिएको छ । एक सय ५० अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको छ । कोरोना संक्रमण जोखिम बढेपछि अस्पतालले यसअघि सुरु गरेको हेलो डाक्टर सेवा र मनोविमर्श सेवा पुनः सुचारु गरेको छ ।

 

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ११ : १५ बजे

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले