तीन सदस्यीय फ्रान्सेली संसदीय टोली नेपाल आउँदै « Khabarhub

तीन सदस्यीय फ्रान्सेली संसदीय टोली नेपाल आउँदै



काठमाडौं– फ्रान्सेली संसदको तीन सदस्यीय टोली नेपाल भ्रमणमा आउने भएका छन् ।

फ्रान्सेली तल्लो सदनका संसदहरु भेरोनिक रियोटन, ग्राज़िएला मेलचियोर र निकोलस फोरिसियरको टोली आगामी माघ १८ गते (फ्रेबुअरी १) देखि नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

टोलीका २ महिला सांसद सत्तारुढ दल रिपब्लिक एन मार्चेका सांसद हुन् भने अर्का सांसद फोरिसियर विपक्षी दल द रिपब्लिकन्सका हुन् ।

संसदीय टोलीमा फ्रान्सेली संसदका अधिकारी पास्कल मार्चेन पनि सहभागी रहनेछन् ।

टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नेपाल–फ्रान्स अन्तर संसदीय ग्रुपका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, परराष्ट्रमन्त्री नारायण खड्का, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

खबरहबसँग कुराकानी गर्दै फ्रान्स नेपाल मैत्री संघका अध्यक्ष विनोद खकुरेलले सांसदहरुले अहिलेसम्म भ्रमण रद्द नभएको जानकारी गराएको बताए ।

संसदीय टोलीको भ्रमणबारे फ्रान्सेली दूतावासले परराष्ट्र मन्त्रालयलाई औपचारिक जानकारी गराइसकेको भए पनि नेपालमा कोभिड–१९ को संक्रमण बढिरहेको समयमा उनीहरुको भ्रमण हुने/नहुने बारे मन्त्रालयले औपचारिक जानकारी दिएको छैन ।

संसदीय टोलीको माघ २१ गतेसम्म औपचारिक र त्यसपछि केही दिन निजी भ्रमणको कार्यतालिका छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  १ : १९ बजे

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी– कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

एजेन्सी– पाकिस्तान र इरानले क्षेत्रीय शान्ति, संवाद र कूटनीतिमा आ–आफ्नो

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

काठमाडौं– तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल

डिभिजन वन कार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला– डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११  महिनामा रु

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र