तीन सदस्यीय फ्रान्सेली संसदीय टोली नेपाल आउँदै « Khabarhub

तीन सदस्यीय फ्रान्सेली संसदीय टोली नेपाल आउँदै



काठमाडौं– फ्रान्सेली संसदको तीन सदस्यीय टोली नेपाल भ्रमणमा आउने भएका छन् ।

फ्रान्सेली तल्लो सदनका संसदहरु भेरोनिक रियोटन, ग्राज़िएला मेलचियोर र निकोलस फोरिसियरको टोली आगामी माघ १८ गते (फ्रेबुअरी १) देखि नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

टोलीका २ महिला सांसद सत्तारुढ दल रिपब्लिक एन मार्चेका सांसद हुन् भने अर्का सांसद फोरिसियर विपक्षी दल द रिपब्लिकन्सका हुन् ।

संसदीय टोलीमा फ्रान्सेली संसदका अधिकारी पास्कल मार्चेन पनि सहभागी रहनेछन् ।

टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नेपाल–फ्रान्स अन्तर संसदीय ग्रुपका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, परराष्ट्रमन्त्री नारायण खड्का, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

खबरहबसँग कुराकानी गर्दै फ्रान्स नेपाल मैत्री संघका अध्यक्ष विनोद खकुरेलले सांसदहरुले अहिलेसम्म भ्रमण रद्द नभएको जानकारी गराएको बताए ।

संसदीय टोलीको भ्रमणबारे फ्रान्सेली दूतावासले परराष्ट्र मन्त्रालयलाई औपचारिक जानकारी गराइसकेको भए पनि नेपालमा कोभिड–१९ को संक्रमण बढिरहेको समयमा उनीहरुको भ्रमण हुने/नहुने बारे मन्त्रालयले औपचारिक जानकारी दिएको छैन ।

संसदीय टोलीको माघ २१ गतेसम्म औपचारिक र त्यसपछि केही दिन निजी भ्रमणको कार्यतालिका छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  १ : १९ बजे

कर्णालीविरुद्ध धरापमा विराटनगरको ब्याटिङ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

पर्यटन पूर्वाधारमा लगानी बढाउन माग

पाँचथर– पाँचथरमा पर्यटन विकासका लागि पूर्वाधारमा लगानी बढाउन सरोकारवालाले माग

सर्वोच्चलाई राष्ट्रपतिको जवाफ : अन्तरिम सरकार गठन र संसद् विघटन तत्कालीन अवस्थाको बाध्यकारी कदम

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्की नेतृत्वमा गत भदौ २७

सात वटा उद्योग र फर्मलाई कारबाहीका साथै निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सात वटा

प्रचण्डले भने- माधवजी र मैले मिलेर संविधान जोगायौँ, केपीले संसद् पुनः स्थापनको कुरा गर्न सुहाउँदैन

धनगढी – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढीमा