औषधि व्यवस्था विभागमा दुई महानिर्देशक: एक जना कुर्सीमा बसे, अर्का हाजिर गरेर हिँडे ! « Khabarhub

औषधि व्यवस्था विभागमा दुई महानिर्देशक: एक जना कुर्सीमा बसे, अर्का हाजिर गरेर हिँडे !



काठमाडौँ– औषधि व्यवस्था विभागमा आइतबार दुई जनाले महानिर्देशकका रुपमा हाजिर गरेका छन् ।

त्यसरी महानिर्देशकको रुपमा हाजिर गर्ने नारायणप्रसाद ढकाल र भरत भट्टराई हुन् । तर, ढकाल हाजिर गरेपछि महानिर्देशककै कुर्सीमा बसेका छन् । अर्का महानिर्देशक भट्टराई भने हाजिर गरेर निस्केका छन् ।
गत साता स्वास्थ्य मन्त्रालयले गरेको सरुवा पछि यो समस्या उब्जिएको हो ।

मन्त्रालयले गत २५ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकमा राष्ट्रिय औषधि प्रयोगशालाका भरत भट्टराईलाई जिम्मेवारी दिएको छ । सोही अनुसार भट्टराई आज नयाँ जिम्मेवारी सम्हाल्न विभाग पुगेका थिए । तर सरुवामा परेका महानिर्देशक ढकालले आफूकहाँ कुनै पत्र नआएको भन्दै कुर्सी नछाड्ने अडानमा रहेका छन् ।

‘सरुवा पत्र रमाना सबै आइसकेको छ । अब त नयाँ जिम्मेवारी सम्हाल्नु पर्‍यो भन्दै आज गएको हुँ । तर उहाँले कुर्सी छाड्न मान्नुभएन । त्यसपछि म हाजिर गरी मन्त्रालयतिर आएको छु,’ भट्टराईले भने ।

उता ढकालले भने आफू सरुवा भएको कुनै पत्र नआएको र पत्रपत्रिकामा आएको समाचारको भरमा आफूले कुर्सी छाड्न नमिल्ने भएर नछाडेको बताए ।

विभागको महानिर्देशक पद र प्रयोगशालाको निर्देशक पद दुवै एघारौँ तहको कर्मचारी हुने व्यवस्था छ । महानिर्देशक बनेका ढकाल र भट्टराई दुवै जना एघारौँ तहका कर्मचारी हुन् ।

विभागमा साढे ४ महिना अघिसम्म अर्थात १५ भदौसम्म भट्टराई महानिर्देशक थिए ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  २ : ०९ बजे

रहबर अन्सारी रास्वपामा प्रवेश, मधेसबाट ‘क्रान्तिको बिगुल’ फुक्ने घोषणा

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद

जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : मेयर दाहाल

काठमाडौं– चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू जुनसुकै भूमिका

सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट डा. जोशीको राजीनामा

गोदावरी– सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा

स्वागत र पत्रकार बुढाथोकी राप्रपामा, एकजना प्रत्यक्ष चुनाव लड्दै, अर्का समानुपातिक सूचीमा

काठमाडौं- अधिवक्ता तथा पत्रकार स्वागत नेपाल र अर्का आर्थिक पत्रकार

बागमती प्रदेशसभा सदस्य दुलालले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले आज प्रदेशसभा