औषधि व्यवस्था विभागमा दुई महानिर्देशक: एक जना कुर्सीमा बसे, अर्का हाजिर गरेर हिँडे ! « Khabarhub

औषधि व्यवस्था विभागमा दुई महानिर्देशक: एक जना कुर्सीमा बसे, अर्का हाजिर गरेर हिँडे !



काठमाडौँ– औषधि व्यवस्था विभागमा आइतबार दुई जनाले महानिर्देशकका रुपमा हाजिर गरेका छन् ।

त्यसरी महानिर्देशकको रुपमा हाजिर गर्ने नारायणप्रसाद ढकाल र भरत भट्टराई हुन् । तर, ढकाल हाजिर गरेपछि महानिर्देशककै कुर्सीमा बसेका छन् । अर्का महानिर्देशक भट्टराई भने हाजिर गरेर निस्केका छन् ।
गत साता स्वास्थ्य मन्त्रालयले गरेको सरुवा पछि यो समस्या उब्जिएको हो ।

मन्त्रालयले गत २५ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकमा राष्ट्रिय औषधि प्रयोगशालाका भरत भट्टराईलाई जिम्मेवारी दिएको छ । सोही अनुसार भट्टराई आज नयाँ जिम्मेवारी सम्हाल्न विभाग पुगेका थिए । तर सरुवामा परेका महानिर्देशक ढकालले आफूकहाँ कुनै पत्र नआएको भन्दै कुर्सी नछाड्ने अडानमा रहेका छन् ।

‘सरुवा पत्र रमाना सबै आइसकेको छ । अब त नयाँ जिम्मेवारी सम्हाल्नु पर्‍यो भन्दै आज गएको हुँ । तर उहाँले कुर्सी छाड्न मान्नुभएन । त्यसपछि म हाजिर गरी मन्त्रालयतिर आएको छु,’ भट्टराईले भने ।

उता ढकालले भने आफू सरुवा भएको कुनै पत्र नआएको र पत्रपत्रिकामा आएको समाचारको भरमा आफूले कुर्सी छाड्न नमिल्ने भएर नछाडेको बताए ।

विभागको महानिर्देशक पद र प्रयोगशालाको निर्देशक पद दुवै एघारौँ तहको कर्मचारी हुने व्यवस्था छ । महानिर्देशक बनेका ढकाल र भट्टराई दुवै जना एघारौँ तहका कर्मचारी हुन् ।

विभागमा साढे ४ महिना अघिसम्म अर्थात १५ भदौसम्म भट्टराई महानिर्देशक थिए ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  २ : ०९ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच