औषधि व्यवस्था विभागमा दुई महानिर्देशक: एक जना कुर्सीमा बसे, अर्का हाजिर गरेर हिँडे ! « Khabarhub

औषधि व्यवस्था विभागमा दुई महानिर्देशक: एक जना कुर्सीमा बसे, अर्का हाजिर गरेर हिँडे !



काठमाडौँ– औषधि व्यवस्था विभागमा आइतबार दुई जनाले महानिर्देशकका रुपमा हाजिर गरेका छन् ।

त्यसरी महानिर्देशकको रुपमा हाजिर गर्ने नारायणप्रसाद ढकाल र भरत भट्टराई हुन् । तर, ढकाल हाजिर गरेपछि महानिर्देशककै कुर्सीमा बसेका छन् । अर्का महानिर्देशक भट्टराई भने हाजिर गरेर निस्केका छन् ।
गत साता स्वास्थ्य मन्त्रालयले गरेको सरुवा पछि यो समस्या उब्जिएको हो ।

मन्त्रालयले गत २५ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकमा राष्ट्रिय औषधि प्रयोगशालाका भरत भट्टराईलाई जिम्मेवारी दिएको छ । सोही अनुसार भट्टराई आज नयाँ जिम्मेवारी सम्हाल्न विभाग पुगेका थिए । तर सरुवामा परेका महानिर्देशक ढकालले आफूकहाँ कुनै पत्र नआएको भन्दै कुर्सी नछाड्ने अडानमा रहेका छन् ।

‘सरुवा पत्र रमाना सबै आइसकेको छ । अब त नयाँ जिम्मेवारी सम्हाल्नु पर्‍यो भन्दै आज गएको हुँ । तर उहाँले कुर्सी छाड्न मान्नुभएन । त्यसपछि म हाजिर गरी मन्त्रालयतिर आएको छु,’ भट्टराईले भने ।

उता ढकालले भने आफू सरुवा भएको कुनै पत्र नआएको र पत्रपत्रिकामा आएको समाचारको भरमा आफूले कुर्सी छाड्न नमिल्ने भएर नछाडेको बताए ।

विभागको महानिर्देशक पद र प्रयोगशालाको निर्देशक पद दुवै एघारौँ तहको कर्मचारी हुने व्यवस्था छ । महानिर्देशक बनेका ढकाल र भट्टराई दुवै जना एघारौँ तहका कर्मचारी हुन् ।

विभागमा साढे ४ महिना अघिसम्म अर्थात १५ भदौसम्म भट्टराई महानिर्देशक थिए ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  २ : ०९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने