प्रदेशको नाम मधेस र राजधानी जनकपुर राखौँ– जनकपुर उद्योग वाणिज्य संघ « Khabarhub

प्रदेशको नाम मधेस र राजधानी जनकपुर राखौँ– जनकपुर उद्योग वाणिज्य संघ


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाम उद्योग वाणिज्य संघले प्रदेशको २ को स्थायी राजधानी जनकपुरधामलाई मुख्यमन्त्री लालबाबु राउतदेखि सम्पूर्ण पार्टीका संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष जितेन्द्र महासेठ नेतृत्वको जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीले आइतबार मुख्यमन्त्री राउत, सभामुख सरोज कुमार यादव, प्रमुख प्रतिपक्षी दलका नेता जितेन्द्र सोनल, कांग्रेसका दलका नेता रामसरोज यादव, नेकपा एमालेका सांसद किशोरी साहलाई अलग-अलग ज्ञापन पत्र बुझाएका हो ।

त्यसैगरि, नेकपा एसका संसदीय दलका नेता तथा उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो र माओवादी केन्द्रका संसदीय दलका नेता आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहलाई पनि ज्ञापन पत्र बुझाएको छ ।

प्रदेश सभाको गठन भएको झण्डै ४ वर्ष भइसक्दा पनि प्रदेशको नाम र राजधानीमा दलहरूबीच नहुनु दुःखद र खेदजनक विषय रहेको भन्दै संघले तत्काल दुवै विषयको टुंगो लगाउन दलहरूसँग आग्रह गरेको छ ।

प्रदेश २ का राजनीतिक दलका नेताहरूलाई ज्ञापन पत्र बुझाउँदै सोमबार हुन लागेको मतदानबाट अस्थायी रहेको जनकपुरधामलाई स्थायी राजधानी बनाई बिलम्ब नगर्न आग्रह गरेका छन् । विभिन्न आन्दोलन र त्याग बाट प्राप्त भएको संघीयतामा प्रदेश २ का सर्वसाधारण जनताले मधेस प्रदेशसहित समुन्नत नेपालको सपना देखेको संघको भनाई छ ।

मधेस आन्दोलन, मधेसी सहिद र जनताको सपना मधेस प्रदेशलाई दर्साइएकाले समेत यी तर्कले संघले प्रदेश २ को नाम पनि मधेश नै राख्नु पर्ने माग गरेको देखिन्छ ।

टोलीमा संघको वरिष्ठ उपाध्यक्ष मिनष रमण साह, महासचिव मनोज कुमार साह, सचिव फुलदेव पण्डित, कोषाध्यक्ष सहितका पदाधिकारी र सदस्यहरूको सहभागिता थियो ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : ०१ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज