एनआरएनको विवाद हल गरी निर्वाचन गराउन घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन « Khabarhub

एनआरएनको विवाद हल गरी निर्वाचन गराउन घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरआवासीय नेपाली संघ एनआरएनले विवाद समाधान गरेर निर्वाचन कार्यक्रम अघि बढाउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

संघको दशौँ महाधिवेशन तथा आईसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरूको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्न भन्दै आईसीसीको शनिबार सम्पन्न ८१औँ बैठकले घलेको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।

विवाद समाधानका लागि भन्दै गठित उच्चस्तरीय समितिका सदस्यहरूमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरू देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन्।

२८ फेब्रुअरीसम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न यो समितिमार्फत पहल हुने बताइएको छ । महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली संघको विधान र नियमावलीअन्तर्गत रहेर २६ जनवरीसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने सहमति समेत भएको छ ।

उच्चस्तरीय समितिलाई आवश्यक परेको खण्डमा कानूनी, आइटीलगायतका विशेषज्ञहरू रहेको स्वतन्त्र समितिहरू गठन गर्ने अघिकारसमेत दिइएको छ ।

संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले समेत उक्त समितिलाई सघाउने सहमति भएसँगै लमो समयदेखीको एनआरएन विवाद समाधान हुने विश्वास गरिएको छ । गत अक्टोबरमा नै हुनुपर्ने संघको दशौं महाधिवेशन तथा निर्वाचन महाधिवेशन प्रतिनिधि चयनको विवादका कारण पटक पटक प्रभावित हुँदै आएको छ । नेपालस्थित परराष्ट्र मन्त्रालयको हस्तक्षपका कारण यो विवाद थप बल्झिदै आएको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ९ : ४० बजे

पाँच दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीद्वारा आव्हान गरिएको राजनीतिक दल, निर्वाचन आयोग,

मधेशमा कांग्रेसका यादव मुख्यमन्त्री बन्दै, सात दलको तर्फबाट दाबी पेश

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको

लुम्बिनी लायन्सका शेरको शिकार भए जनकपुर बोल्ट्सका कंसाकार

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

कृषिमन्त्री परियार र राजदूत छन सोङबीच भेटवार्ता

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री  डा मदनप्रसाद परियार र नेपालका लागि

नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो

काठमाडौं– पछिल्लो समय प्रदर्शन भएका नेपाली चलचित्रलाई दर्शकले साथ दिइरहेका