सरकारले बतास समूहको चरित्र हत्या गरेको नाडाको आरोप « Khabarhub

सरकारले बतास समूहको चरित्र हत्या गरेको नाडाको आरोप


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अटोमोवाइल क्षेत्रको प्रतिष्ठित व्यावसायिक संस्था बतास समूहमाथी गरिएको चरित्र हत्या र अमर्यादित व्यवहारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारले आब्हान गरेको टेण्डरहरुमा बतास समूहले सरकारले नै निर्धारण गरेकोे कानूनी प्रक्रिया अनुसार सहभागी भई सरकारले तोकेको भाडा बुझाउने शर्तमा क्याफटेरिया सञ्चालन सम्बन्धी अनुमति पनि सरकारबाट नै प्राप्त गरेको थियो । स्वयं सरकारबाट अनुमति पाएको सन्दर्भमा निजीक्षेत्रले व्यवसाय गर्नु एउटा स्वभाविक प्रक्रिया भएको नाडाको भनाइ छ ।

सरकारबाट अनुमति पाएर पनि बतास समूहले आफ्नो जिम्मेवारीलाई अघि नबढाउनु गैर कानूनी हुनु पर्नेमा उल्टो अघि बढाउदा बतास समूहलाई अपराधिक समूहको रुपमा परिभाषित गर्ने प्रयास गरिएको भन्दै यो कार्य अन्यायपूर्ण रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

कानून विपरित भएका गतिविधिमाथी सरकारले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई एशोसिएशनले अन्यथा लिने प्रश्न नआउने भन्दै कुनै पनि आरोपको सत्यतथ्यको खोजि गरिनु पर्ने र आरोप प्रमाणित भए पश्चात मात्र दण्डित हुनु पर्छ भन्ने हाम्रो मान्यता रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

समाचार कै आधारमा स्पष्टिकरणको समेत अवसर नै नदिई कारवाहीको प्रक्रिया थालिनुलाई कुनै पनि अर्थमा उचित मान्न नसकिने विज्ञप्तिमा उल्लेख छ ।

सरकारले व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको सन्दर्भमा एकपक्षिय रुपमा व्यवसायीलाई मात्र दोष दिएर समग्र निजीक्षेत्र कै मनोबल गिराउने प्रयासले नेपालमा लगानीको वातावरणमा समेत नकारात्मक प्रभाव पार्नेछ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ९ : २५ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग