युक्रेनको सीमाबाट रुसी सेना फिर्ता « Khabarhub

युक्रेनको सीमाबाट रुसी सेना फिर्ता


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रसियाले सैन्य अभ्यास सम्पन्न गरेपछि युक्रेनको सीमामा रहेका आफ्ना केही सेनालाई सैन्य अखडामा फिर्ता गर्ने घोषणा गरेको छ । रसियाको पछिल्लो कदमलाई पश्चिमी राष्ट्रहरूसँगको संकटको समयमा सम्भावित द्धन्द्ध घट्ने संकेतको रुपमा लिइएको छ ।

युक्रेनसँगको सीमामा रसियाले १ लाख भन्दा बढी सेना परिचालन गरेसँगै रसिया र पश्चिमा देशहरु आपसमा द्वन्द्वमा छन् । सीमामा अखडा बनाएर सेना तैनाथ गर्नु रसियाको अतिक्रमण योजना भएको अमेरिका र अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोले आरोप लगाउदै आएको छ । तर, सो आरोपलाई अमेरिकी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गर्दै आएका छन् ।

मंगलबार मात्र रसियाको रक्षा मन्त्रालयका प्रवक्ताले युक्रेन नजिक परिचालन भएको केही फौजले आफ्नो अभ्यास पुरा गरेको र सीमा छोड्न आफ्ना सामान प्याक अप गरेको बताएका थिए ।

‘ आफ्नो कार्यहरू पूरा गरिसकेपछि दक्षिणी र पश्चिमी सैन्य जिल्लाका एकाइहरूले रेल र सडक यातायातमा लोड गर्न थालिसकेका छन् र आज तिनीहरू आफ्ना सैन्य आधारहरुमा जान थाल्नेछन्,’ रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले रसियाली समाचार संस्थाहरुसँग भने ।

रसियाले आज अर्थात १६ फेब्रुबरीमा रसियाले युक्रेनमा अतिक्रमण गर्ने अमेरिकी राष्ट्रपति जोन बाइडेनको दाबी छ । यसबारे उनले आफ्ना गठबन्धन देशहरुलाई पनि जानाकारी गराउँदै आएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ७ : १२ बजे

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु