अज्ञात समूहद्वारा गुल्मीमा एम्बुलेन्समा आगजनी « Khabarhub

अज्ञात समूहद्वारा गुल्मीमा एम्बुलेन्समा आगजनी


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ । मुसिकोट नगरपालिका-४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए ।

वडा नम्बर ३ र ४ का भारतीय भुतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडागाउँ स्वास्थ्यचौकीलाई दिएका थिए । एम्बुलेन्सको आधा भाग जलेपछि स्थानीयले आगो नियन्त्रणमा ल्याउन सफल भएका हुन् ।

आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ । अहिलेसम्म प्रहरी घटनास्थल पुगेको छैन। राति नै प्रहरीलाई खबर गरेपनि अहिलेसम्म प्रहरी नआएको स्थानीयले बताए । वामी प्रहरी चौकी इन्चार्ज जनक थापाले गाउँमै अर्को आत्महत्या घटना भएकाे र प्रहरी संख्या कम भएकाले केहीबेरमा घटनास्थल पुग्ने बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ७ : ३३ बजे

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन