संसदमा एमसीसी पेश हुने भएपछि रणनीति तय गर्दै प्रमुख दल « Khabarhub

संसदमा एमसीसी पेश हुने भएपछि रणनीति तय गर्दै प्रमुख दल


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो बहसपछि संसदमा अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि पेश हुने भएको छ ।

बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट एमसीसी टेबुल हुने निश्चित भएपछि सत्ता गठबन्धन र प्रतिपक्षी दल आआफ्नो रणनीति तय गर्न छलफलमा व्यस्त छन् ।

नेपाली काँग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ । दिउँसो साढे ११ बजे बस्ने कार्यव्यवस्था समिति बैठकमा एमसीसीलाई संसद बैठकको कार्यसूची बनाउने विषयमा छलफल हुँदैछ । सभामुख अग्निप्रसाद सापकोटाले यसअघि नै दलहरुले निर्णय गरेर ल्याए एमसीसी नरोक्ने प्रतिवद्धता जनाइसकेका छन् ।

यसअघि मंगलबार सार्वजनिक भएको कार्यसूचीमा एमसीसी नपरे पनि कार्यव्यवस्था समिति बैठकले यसको टुंगो लगाउने छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अनुमोदनका लागि पेस गर्ने तयारी गरेका छन् ।

सत्ताको नेतृत्वकर्ता काँग्रेसले एमसीसी पेस गर्ने तयारी गरेपछि सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र प्रमुख प्रपितपक्षी दल एमाले आन्तरिक छलफलमा जुटेका हुन् ।

प्रमुख दलले प्रतिनिधिसभा बैठक अघि पार्टी संसदीय दलको बैठक बोलाएका छन् । लामो समय बहस भइसकेकाले सरकार एमसीसी पारित गर्ने तयारीका साथ अगाडि बढेको छ । त्यसमा सत्ता गठबन्धनमा सहभागी दल र प्रतिपक्षी दलले साथ दिने काँग्रेसको विश्वास छ ।

एमसीसी संसदमा पेश गर्ने विषयमा सत्ता गठबन्धनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरिसकेका छन् ।

सरकारले एमसीसी पेश गर्दा सत्तारुढ दलका नेता प्रचण्ड र नेपालले मौन समर्थन गर्ने रणनीति बालुवाटार बैठकले तय गरिसकेको छ । एमालेले भने यसअघि नै एमसीसी संसदमा पेश भएपछि त्यही धारणा राख्ने बताइसकेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : ३९ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको