फाइल फोटो

समाचार

सभामुख सापकोटा भन्छन्–संसदमा बारम्बार अवरोध गर्नुलाई राम्रो मान्न सकिँदैन

By खबरहब

February 16, 2022

काठमाडौ‌– सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरूलाई संसद् अवरोध अन्त्य गर्न आग्रह गरेका छन् । बैठक प्रारम्भ भए लगत्तै रोस्टम अगाडि आएर एमाले सांसदहरूले अवरोध गरेपछि सभामुख सापकोटाले राज्य सञ्चालनको ४२ वटा विद्येयक पारित गर्न बाँकी रहेको भन्दै अवरोध अन्त्य हुनुपर्ने बताए ।

‘संसदमा बारम्बार अवरोध गर्नुलाई राम्रो मान्न सकिँदैन’, उनले भने । संसद् बैठकमा छलफलको वातावरण बनाउन सभामुख सापकोटाले अनुरोध पनि गरे । एमालेले २३ फागुनदेखि निरन्तर संसद् अवरोध गर्दै आएको छ ।