‘हजुर मुसुक्कै’मा ‘राजा’ राजेश हमाल | Khabarhub Khabarhub

‘हजुर मुसुक्कै’मा ‘राजा’ राजेश हमाल


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहको अभिनय रहेको गीत ‘हजुर मुसुक्कै’ सार्वजनिक भएको छ । नेपाल बाइसे–चौबिसे राज्य हुँदा पश्चिमको एक राज्यमा रहेका राजाको प्रेमकथालाई भिडियोमा देखाइएको छ ।

गीतमा गायक कृष्ण विक र गायिका रचना रिमालको स्वर छ । गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा राजेश र निरुताको साथमा प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरवीर पण्डितलगायतको अभिनय छ । भिडियोमा बाल कलाकारका रुपमा श्रीराज विक्रम पाण्डे र श्रेया सापकोटाले अभिनय गरेका छन् ।

जीबी अग्रीको कथा र निर्देशन रहेको भिडियोमा सञ्जय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  २ : ४५ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास