ओमानबाट पनि विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु « Khabarhub

ओमानबाट पनि विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– ओमानबाट पनि विद्युतीय राहदानीको सेवा सुरु गरिएको छ । ओमानस्थित नेपाली दूतावासले मंगलबार विद्युतीय राहदानी जारी गर्ने कार्य सफलतापूर्वक परीक्षण गरिएको जनाएको छ ।

दूतावासले एक कार्यक्रम गर्दै दूतावासमा राहदानी बनाउन पुगेका प्रथम सेवाग्राही अमित गिरीको विद्युतीय राहदानीका लागि लाइभ इनरोलमेन्ट गरी मंगलबारै राहदानी विभागबाट उनको विद्युतीय राहदानी प्रिन्ट गरिएको जनाएको छ ।

यस सँगै दूतावासले ओमानमा बस्ने नेपालीलाई मंगलबारबाटै विद्युतीय राहदानीको सेवा प्रदान गर्न शुरूवात गरेको छ। दूतावासले पहिलो दिनमा दूतावासमा राहदानी नवीकरण गर्न पुगेका ७ जना नागरिकहरूको राहदानी नवीकरणको लागि लाइभ इन्‍रोलमेन्ट गरेको जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै विभागका महानिर्देशक डोरनाथ अर्यालले भर्चुअल माध्यम बाटै ओमानमा बसोबास गर्ने नेपालीहरूलाई विद्युतीय राहदानी सेवा लिने अवसर पाएकोमा बधाइ दिँदै उक्त सेवा अविलम्ब नगरी व्यवस्थापन गर्न सफल भएकोमा दूतावासका कर्मचारीहरूलाई हौसला दिंदै अनवरत सेवा प्रदान अनुरोध गरेका थिए ।

सो कार्यक्रममा आफ्नो भनाइ राख्दै कार्यवाहक राजदूत सोमेश थापाले उपस्थित अतिथिहरू तथा सेवाग्राहीहरूलाई विद्युतीय राहदानीबारेमा छोटकरीमा जानकारी प्रदान गर्दै हुँदै विद्युतीय राहदानी सेवा शुरूवात गर्ने कार्यमा विशेष सहयोग पुर्‍याउने सबैलाई धन्यवाद प्रकट गर्दै ओमानस्थित नेपाली समुदायमा सो सेवा प्रारम्भ भएको जानकारी पुर्‍याइदिन समेत अनुरोध गरेका थिए ।

राहदानी नवीकरण गर्नेहरूले आफ्नो पुरानो सक्कल राहदानी, नागरिकताको प्रतिलिपि र २० ओमानी रियाल (नगद) राजस्व साथ दूतावासमा आफैं उपस्थित हुनुपर्ने छ। राहदानी बनाउन आवश्यक फोटो लगायत अन्य बायोमेट्रिक विवरणहरू दूतावासमा लाइभ लिइनेछ।

नाबालकको हकमा जिल्ला/ईलाका प्रशासन कार्यालयबाट जारी नाबालक परिचय पत्र तथा राहदानी हराएकाहरूको हकमा ओमानी प्रहरीले जारी गरेको राहदानी हराएको प्रमाणपत्र थप आवश्यक पर्नेछ। अनलाईनबाट फारम भर्ने तरिका लगायत विद्युतीय राहदानी सम्बन्धी अन्य थप जानकारीहरू दूतावासबाट आगामी दिनमा पनि प्रकाशित दूतावासले जनाएको छ ।

विद्युतीय राहदानी सेवाको परीक्षण तथा शुरूवात कार्यक्रममा नेपालबाट राहदानी विभागका महानिर्देशक अर्याल तथा आइडिमियाका कर्मचारीहरूले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए भने भौतिकरूपमा दूतावासका कार्यवाहक राजदूत थापा, दूतावासका कर्मचारीहरू, त्यहाँस्थित नेपाली सोसल क्लबका अध्यक्ष विकल झा लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तथा सेवाग्राहीहरूको उपस्थिति थियो।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : ४५ बजे

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी– यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज