एलपीएल क्रिकेट: एभरेस्ट र सत्यवतीको जित « Khabarhub

एलपीएल क्रिकेट: एभरेस्ट र सत्यवतीको जित


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढीमा जारी विद्यालयस्तरीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता एलपीएल–५ अन्तर्गत अत्तरियाको एभरेस्ट एकेडेमी र सत्यवती एकेडेमी विजयी भएका छन् ।

बुधबार भएको पहिलो खेलमा एभरेस्ट एकेडेमीले सैनिक आवासीय माविलाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सैनिक आवासीय महाविद्यालयले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो ।

सैनिकका लागि गौतम केसीले सर्वाधिक ३१ तथा सगर चन्दले २१ रन बनाएका थिए । एभरेस्ट एकेडेमीका बलर गोविन्द बिस्टले सर्वाधिक ३ विकेट, धर्म जोशी र दीपक रोकायाले २–२ विकेट लिएका थिए ।

सैनिकले दिएको १ सय ४ रनको लक्ष्य एभरेस्ट एकेडेमीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । एभरेस्टका लागि रितक थापाले ४२ रन बनाएका थिए । सैनिक आवासीयका लागि आकाश चन्दले दुई तथा खड बोहरा र गौतम केसीले समान एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच एभरेष्टका गोविन्द बिस्ट भए ।

यसैगरी बुधबार नै सम्पन्न दोश्रो खेलमा सत्यवती एकेडेमीले विद्याभूषण पब्लिक स्कुललाई ४ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको विद्याभूषण १९ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रनमा समेटिन पुगेको थियो ।

उसका लागि ओपनर प्रदीप चन्दले सर्वाधिक ३४, वीरेन्द्र नाथले २४ तथा नरेन्द्र साउदले १६ रन बनाए । सत्यवती एकेडेमीका बलर सन्दीप खत्रीले सर्वाधिक तीन विकेट लगेका थिए ।

जितका लागि १२२ रनको लक्षय पछ्याएको सत्यवतीले १६ ओभरमा जीत हासिल गरेको हो । सत्यवतीलाई सहजै जित दिलाउने क्रममा यू–१९ राष्ट्रिय क्रिकेटरसमेत रहेका सन्तोष कार्कीले सर्वाधिक ५२ रनको योगदान दिए ।

विद्याभूषणका लागि शेर मल्लले दुई तथा वीरेन्द्र नाथ र अर्जुन साउदले समान एक विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच सत्यवतीका सन्तोष कार्की भए । प्रतियोगितामा विजेता टोलीले नगद १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : ४२ बजे

टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा भारतले जिम्बाब्वेलाई

‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’मा वियज, केकी र अञ्जु पन्त उत्कृष्ट

काठमाडौं – ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करणमा नायक

झापामा एमाले कार्यकर्ताद्वारा पत्रकार आचार्यमाथि आक्रमण

काठमाडौं – पत्रकार अर्जुन आचार्यमाथि झापामा आक्रमण भएको छ ।

पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुस् : सभापति थापा

बाँके – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष देश

कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माको पद यथावत् राख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माको पद