टीटीपीसँगै अझै पाँच हजार लडाकू रहेको संयुक्त राष्ट्र संघको दाबी « Khabarhub

टीटीपीसँगै अझै पाँच हजार लडाकू रहेको संयुक्त राष्ट्र संघको दाबी


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– प्रतिबन्धित तहरीक ए तालिबान पाकिस्तान (टीटीपी) सँग अझै पाँच हजार लडाकू रहेको संयुक्त राष्ट्र संघले दाबी गरेको छ । संयुक्त राष्ट्र संघीय मोनिटरर्सका अनुसार टीटीपीसँग अझै तीनदेखि पाँच हजार लडाकू रहेको दाबी गरेको हो।

सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्मा पठाइएको प्रतिवेदनले तालिबानद्वारा सञ्चालित अफगानिस्तानमा अल कायदा र मध्य एशिया क्षेत्र र बाहिरका धेरै आतङ्ककारी समूहहरूको लागि सुरक्षित आश्रयस्थान बन्ने सम्भावना रहेको चेतावनी दिएको छ।

अमेरिकी सरकार र संयुक्त राष्ट्रका विभिन्न एजेन्सीहरूले लामो समयदेखि अल कायदा अफगान जिहादको सुरुवातदेखि नै अफगानिस्तानमा सक्रिय रहेको दाबी गर्दै आएका छन्। अमेरिकी अधिकारीहरूले पनि अलकायदा गतिविधिहरू रोक्न सार्वजनिक वाचा गरे पनि अफगानिस्तानका नयाँ तालिबान नेताहरूले त्यसो नगरेको दाबी गरेका छन्।

संयुक्त राष्ट्र संघको विश्लेषणात्मक समर्थन र प्रतिबन्ध अनुगमन टोलीको २९ औँ प्रतिवेदनले दक्षिण एसिया र त्यसभन्दा बाहिरका आतंकवादी समूहहरूको विस्तृत दायरासँग डिल गर्छ र जुन र डिसेम्बर २०२१ को बीचमा भएका घटनाहरूलाई समेट्छ।

अफगानिस्तानमा रहेका टीटीपी लडाकुका परिवारका सदस्यहरू पुनः एकीकरणको आश्वासनमा पाकिस्तानमा पुनर्वास गर्न चाहन्थे भनी रिपोर्टले दाबी गरेको छ।

समितिले अल कायदा, तालिबान र आतंकवादी इस्लामिक स्टेट (आईएस) समूहका विभिन्न गुटहरू जस्ता ठूला आतंकवादी समूहहरूको गतिविधिलाई निगरानी गरेका छन्। समितिले यी समूहहरूमाथि संयुक्त राष्ट्र संघले तोकेको प्रतिबन्धहरू लागू भएको सुनिश्चित गर्न आवश्यक छ।

टोलीले अफगानिस्तानमा तालिवानको सत्तामा फर्किनुलाई देशको हालको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण घटनाको रूपमा वर्णन गरेको र सको सबैका लागि दूरगामी प्रभाव हुनेछ।

आतंकवादी इस्लामिक स्टेट अफ खोरासानले सीमित क्षेत्रलाई नियन्त्रण गर्दछ तर यस क्षेत्रभरिपरिष्कृत आक्रमणहरू बढाउने उल्लेख गरिएको छ। यसको सिमाना पार गर्ने क्षमताले अफगानिस्तानको सुरक्षा अवस्थाको जटिलता थपेको बताएका छन्।

दक्षिण एसियाको आफ्नो अध्यायमा प्रतिवेदनले अफगानिस्तानमा तालिबानको कब्जा र यस क्षेत्रका अन्य देशहरूमा यसको प्रभावको बारेमा कुरा गरेको छ। प्रतिवेदनमा तालिबान, अलकायदालगायतले विभिन्न क्षेत्रका सबै प्रमुख आतंकवादी समूहहरूसँग घनिष्ठ सम्बन्ध रहेको पाइएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ८ : ३९ बजे

नेतान्याहुद्वारा आइसेनकोटलाई प्रधानमन्त्री पद प्रस्तावको तयारी

इजरायल– इजरायलमा नयाँ सरकार गठनका लागि गठबन्धनको अनिश्चितता बढिरहेका बेला

‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन

झापा– झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा

पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु

पेरु– पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर

इन्जिनियर्स विदाउट बोर्डर्सद्वारा जुम्लामा नवप्रवर्तन कार्यक्रम

जुम्ला– नेपाल–इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल (इडब्ल्युबी नेपाल)ले जुम्लास्थित कर्णाली माध्यमिक

सिंगाडा टिप्न भ्याइनभ्याइ 

बाँके– बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै