देउवा र प्रचण्डबीच वन–टु–वन वार्ता, देउवाले भने– ‘एमसीसी पास गर्नुको विकल्प छैन’ « Khabarhub

देउवा र प्रचण्डबीच वन–टु–वन वार्ता, देउवाले भने– ‘एमसीसी पास गर्नुको विकल्प छैन’


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार वार्ता भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल गर्न प्रधानमन्त्री देउवाले जोड गरिरहँदा नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी पास गर्न खोजिए सरकारबाट बाहिरिने निर्णय गरेपछि दुई नेताबीच भेटवार्ता भएको थियो ।

एक्ला एक्लै भएको भेटपछि नेताहरूले आफूहरू निकटका नेताहरूलाई छलफलबारे जानकारी गराएका थिए ।

प्रचण्डले पार्टीमा अधिकांश एमसीसीको विपक्षमा रहेकाले परिमार्जन नगरी एमसीसी पास गर्न नसक्ने स्थानमा पुगेको बताएपछि प्रधानमन्त्री देउवाले जसरी पनि पास गर्नुको विकल्प नभएको बताएका थिए ।

गठबन्धनभित्र नै विरोध देखिएपछि आफू समस्यामा परेको भन्दै देउवाले दुखेसो पोखेको स्रोतको भनाइ छ ।

अमेरिकाले यसलाई गम्भीर रूपमा लिने र यसको प्रभाव देशमा नराम्रो पर्ने देउवाको भनाइ थियो ।

वैदेशिक सहायता, अनुदानमा रोकावट आउने भन्दै यसले दीर्घकालीन रूपमा समस्या पर्ने र सरकार पनि अप्ठ्यारोमा पर्ने देउवाको भनाइ थियो ।

‘अमेरिकाले असहयोग गर्दा विश्व बैंक, मुद्राकोष, एशियाली विकास बैंकलगायत प्राप्त हुने कुराहरू हुँदेनन्’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘भारतलगायतका देशले पनि सहयोग नगर्ने अवस्था बन्न जान्छ ।’

देउवाले बारम्बार भने, ‘तपाईंले सरकारको बाध्यता बुझिदिनु प¥यो ।’ सरकारले विकास निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने भएकाले एमसीसी पास गर्नुको विकल्प नभएको देउवाको भनाइ थियो ।

आफ्नो पार्टीले एमसीसी पास गर्ने निर्णय गरिसकेकाले प्रधानमन्त्री र पार्टी सभापति भएपछि त्यसको कार्यान्वयनमा लाग्नुपर्ने बाध्यता रहेकोमा उनको जोड थियो ।

‘तपाईं पार्टीका कारण गर्न नसक्ने भएपछि मैले पनि त पार्टी निर्णयअनुसार अघि बढ्नुपर्ने हुन्छ’ देउवाले प्रचण्डलाई भनेका थिए ।

देउवाले प्रचण्डलाई एमसीसीको विपक्षमा मतदान गरेपनि सरकारमै बस्न र गठबन्धन कायम गर्न सकिने प्रस्ताव पनि गरेको स्रोतको दाबी छ । तर प्रचण्डले विपक्षमा मत दिएपछि नैतिकताको आधारमा सरकार र गठबन्धनमा रहन नमिल्ने तर्क गरेका थिए ।

दुई जनाबीच कुनै ठोस निर्णय नभएपछि गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्मालाई बैठकमा बोलाइएको थियो । खाड उपस्थित भए पनि धेरै बेरसम्म अर्थमन्त्री उपस्थित नभएपछि चार जनाबीचको बैठक भने हुन नसकेको स्रोतको भनाइ छ । त्यसपछि नेताहरूबीच भोलिका लागि गठबन्धनको बैठक बोलाउने सहमति जुट्यो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ८ : ५५ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको