ऐश्वर्यासँग फेरि रोमान्स गर्दै रजनीकान्त « Khabarhub

ऐश्वर्यासँग फेरि रोमान्स गर्दै रजनीकान्त


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)—तमिल सुपरस्टार रजनीकान्तको फिल्मको नाम आउनासाथ उनका फ्यानमाझ अलग किसिमको उत्साह आउँछ । केही समयअघि मात्र उनले निर्देशक नेल्सन दिलीप कुमारसँग नयाँ फिल्ममा सहकार्य गर्ने घोषणा गरेका थिए ।

फिल्मको नाम हालसम्म ‘थलाइवार १६९’ राखिएको छ । गत फेब्रुअरीमा निर्माताले एक भिडियो सार्वजनिक गर्दै प्रोजेक्टको बारेमा जानकारी दिएका थिए । भिडियोमा रजनीकान्तका अलावा निर्देशक दिलीप र संगीतकार अनिरुद्ध रविचन्दर पनि देखिएका थिए । संगीतकार अनिरुद्ध हालका दिनमा फिल्मको गीत कम्पोज गरिरहेका छन् ।

निर्माताले रजनीकान्तको यो फिल्मको बाँकी कलाकारलाई लिएर हालसम्म विस्तृत जानकारी दिन चाहेको छैन । तर फिल्म स्रोतका अनुसार रजनीकान्तसँग अभिनेत्री ऐश्वर्या राय बच्चनले पुनः एकपटक रोमान्स गर्दैछिन् । निर्माताले अभिनेत्री ऐश्वर्यालाई अभिनयको प्रस्ताव गरेका छन् । ऐश्वर्याले निर्माताको प्रस्तावलाई सकारात्मक रुपमा लिएकी छन् ।

रजनीकान्त र ऐश्वर्याले सन् २०१० मा रिलिज फिल्म ‘रोबोटमा एकसाथ काम गरेका थिए । यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : १४ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट