ऐश्वर्यासँग फेरि रोमान्स गर्दै रजनीकान्त « Khabarhub

ऐश्वर्यासँग फेरि रोमान्स गर्दै रजनीकान्त


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)—तमिल सुपरस्टार रजनीकान्तको फिल्मको नाम आउनासाथ उनका फ्यानमाझ अलग किसिमको उत्साह आउँछ । केही समयअघि मात्र उनले निर्देशक नेल्सन दिलीप कुमारसँग नयाँ फिल्ममा सहकार्य गर्ने घोषणा गरेका थिए ।

फिल्मको नाम हालसम्म ‘थलाइवार १६९’ राखिएको छ । गत फेब्रुअरीमा निर्माताले एक भिडियो सार्वजनिक गर्दै प्रोजेक्टको बारेमा जानकारी दिएका थिए । भिडियोमा रजनीकान्तका अलावा निर्देशक दिलीप र संगीतकार अनिरुद्ध रविचन्दर पनि देखिएका थिए । संगीतकार अनिरुद्ध हालका दिनमा फिल्मको गीत कम्पोज गरिरहेका छन् ।

निर्माताले रजनीकान्तको यो फिल्मको बाँकी कलाकारलाई लिएर हालसम्म विस्तृत जानकारी दिन चाहेको छैन । तर फिल्म स्रोतका अनुसार रजनीकान्तसँग अभिनेत्री ऐश्वर्या राय बच्चनले पुनः एकपटक रोमान्स गर्दैछिन् । निर्माताले अभिनेत्री ऐश्वर्यालाई अभिनयको प्रस्ताव गरेका छन् । ऐश्वर्याले निर्माताको प्रस्तावलाई सकारात्मक रुपमा लिएकी छन् ।

रजनीकान्त र ऐश्वर्याले सन् २०१० मा रिलिज फिल्म ‘रोबोटमा एकसाथ काम गरेका थिए । यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : १४ बजे

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत