हालसम्म १३ हजार पाँच सय रुसी सैनिक मारिएको युक्रेनको दाबी « Khabarhub

हालसम्म १३ हजार पाँच सय रुसी सैनिक मारिएको युक्रेनको दाबी


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुस–युक्रेन युद्ध जारी छ । युद्धमा भएको क्षतिका विषयमा दुवै देशले विवरणहरू सार्वजनिक गर्दै आएका छन् । तर, ती विवरणहरू धेरै नै फरक हुने गरेका छन् ।

यसैक्रममा मंगलबार युक्रेनको विदेश मन्त्रालयले युद्धका क्रममा १३ हजार ५ सयभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ ।

त्यस्तै, हालसम्म ४ सय ४ ट्यांक ध्वस्त पारेको पनि युक्रेनले दाबी गरेको छ ।

यता, रुसले भने युक्रेनले सार्वजनिक गरेको विवरणको खण्डन गरेको छ ।

अत्यधिक रुसी सेनाको मृत्यु भएको भनेर प्रचार गरी युक्रेनले आफ्ना नागरिकलाई सान्त्वना दिइरहेको पनि रुसले प्रतिक्रिया दिएको छ ।

युक्रेनको विदेश मन्त्रालयले पछिल्लो २० दिनमा एक हजार २७९ रुसी हातहतियार, ९५ हेलिकोप्टर, १ सय ५० तोपका टुक्रा र ६४ एमएलआर, ३६ एन्टि–एअरक्राफ्ट, ६४० गाडी र ६० भवनलगायत ध्वस्त भएको जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १२ : २२ बजे

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका