हालसम्म १३ हजार पाँच सय रुसी सैनिक मारिएको युक्रेनको दाबी « Khabarhub

हालसम्म १३ हजार पाँच सय रुसी सैनिक मारिएको युक्रेनको दाबी


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुस–युक्रेन युद्ध जारी छ । युद्धमा भएको क्षतिका विषयमा दुवै देशले विवरणहरू सार्वजनिक गर्दै आएका छन् । तर, ती विवरणहरू धेरै नै फरक हुने गरेका छन् ।

यसैक्रममा मंगलबार युक्रेनको विदेश मन्त्रालयले युद्धका क्रममा १३ हजार ५ सयभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ ।

त्यस्तै, हालसम्म ४ सय ४ ट्यांक ध्वस्त पारेको पनि युक्रेनले दाबी गरेको छ ।

यता, रुसले भने युक्रेनले सार्वजनिक गरेको विवरणको खण्डन गरेको छ ।

अत्यधिक रुसी सेनाको मृत्यु भएको भनेर प्रचार गरी युक्रेनले आफ्ना नागरिकलाई सान्त्वना दिइरहेको पनि रुसले प्रतिक्रिया दिएको छ ।

युक्रेनको विदेश मन्त्रालयले पछिल्लो २० दिनमा एक हजार २७९ रुसी हातहतियार, ९५ हेलिकोप्टर, १ सय ५० तोपका टुक्रा र ६४ एमएलआर, ३६ एन्टि–एअरक्राफ्ट, ६४० गाडी र ६० भवनलगायत ध्वस्त भएको जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १२ : २२ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक