रुसले लगायो अमेरिकी राष्ट्रपति बाइडेनमाथि प्रतिबन्ध | Khabarhub Khabarhub

रुसले लगायो अमेरिकी राष्ट्रपति बाइडेनमाथि प्रतिबन्ध


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्ध लगाएको छ।

रुसी विदेश मन्त्रालयले राष्ट्रपति बाइडेनसँगै अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कन, रक्षा सचिव लायण्ड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवन र सीआइए प्रमुख विलियम बन्र्समाथि प्रतिबन्धको घोषणा गरेको हो।

यसले अरु मानिस पनि प्रभावित हुने विदेश मन्त्रालयले बताएको बीबीसीले उल्लेख गरेको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमा देशले रुसमाथि प्रतिबन्ध गरेका छन्। केही रुसी कम्पनी र मानिसलाई पनि प्रतिबन्ध लगाइएको छ।

अमेरिकाले रुसबाट तेल आयात पनि रोकेको छ। पश्चिमा देशको प्रतिबन्ध र चेतावनीपछि रुसले, रुसी तेल प्रतिबन्ध गर्नाले यसको मूल्य ३ सय डलर प्रतिब्यारेल पुग्नसक्ने चेतावनी दिएको छ।

यस्तै जर्मनीको लागि मुख्य ग्यास पाइपलाइन बन्द गर्न सक्ने चेतावनी दिएको छ। रुसी कारवाही यसकै प्रतिक्रियाको रुपमा आएको बताइएको छ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : ४२ बजे

विश्वशान्तिका लागि योग र ध्यान आवश्यक : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त

सुदूरपश्चिमलाई पहिलो क्षति, अर्धशतक बनाएका सैफ आउट 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा जनकपुरविरुद्ध पहिला ब्याटिङ

 एनपीएल फाइनल : जनकपुरविरुद्ध सैफ र विनोदको १०० रनको साझेदारी

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ

एनपीएल : जनकपुरविरुद्ध सैफको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि जनकपुर बोलट्सविरुद्ध पहिला

तस्बिरमा एनपीएल उपाधिको प्रतिस्पर्धा 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र