रुसले लगायो अमेरिकी राष्ट्रपति बाइडेनमाथि प्रतिबन्ध « Khabarhub

रुसले लगायो अमेरिकी राष्ट्रपति बाइडेनमाथि प्रतिबन्ध


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्ध लगाएको छ।

रुसी विदेश मन्त्रालयले राष्ट्रपति बाइडेनसँगै अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कन, रक्षा सचिव लायण्ड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवन र सीआइए प्रमुख विलियम बन्र्समाथि प्रतिबन्धको घोषणा गरेको हो।

यसले अरु मानिस पनि प्रभावित हुने विदेश मन्त्रालयले बताएको बीबीसीले उल्लेख गरेको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमा देशले रुसमाथि प्रतिबन्ध गरेका छन्। केही रुसी कम्पनी र मानिसलाई पनि प्रतिबन्ध लगाइएको छ।

अमेरिकाले रुसबाट तेल आयात पनि रोकेको छ। पश्चिमा देशको प्रतिबन्ध र चेतावनीपछि रुसले, रुसी तेल प्रतिबन्ध गर्नाले यसको मूल्य ३ सय डलर प्रतिब्यारेल पुग्नसक्ने चेतावनी दिएको छ।

यस्तै जर्मनीको लागि मुख्य ग्यास पाइपलाइन बन्द गर्न सक्ने चेतावनी दिएको छ। रुसी कारवाही यसकै प्रतिक्रियाको रुपमा आएको बताइएको छ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : ४२ बजे

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री